alliance khabar

सोमबार, पुष १४, २०८२

कल्याणपुर (सप्तरी), पुस १४ गते । 

केही दिन यता अत्यधिक बढेको चिसोसँगै चलेको शीतलहरले जनजीवन प्रभावित बन्न थालेपछि सप्तरीका विद्यालयहरु बन्द हुन थालेका छन् ।

शीतलहरबाट बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने भएकाले त्यसलाई मध्यनजर गर्दै विद्यालयहरु बन्द हुन थालेका हुन् ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाले सूचना जारी गरेर पुस १४े देखि १८ गतेसम्म पाँच दिनका लागि सबै विद्यालय बन्द गरेको छ ।

डाक्नेश्वरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार मण्डलले पालिकाअन्तर्गतका सबै नीजि तथा सामुदायिक विद्यालयमा पाँच दिनका लागि बिदा दिइएको जानकारी दिनुभयो ।

यस्तै, राजगढ गाउँपालिकाका कार्यवाहक अध्यक्ष रेणुदेवी मण्डलले सूचना जारी गर्नुहुँदै अत्याधिक रुपमा बढेको चिसो तथा शितलहरका कारण विद्यालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै पाँच दिनका लागि बिदा दिने जनाउनुभएको छ ।

वर्षे र हिउँदे बिदाबाट कट्टा हुने गरी सोमबारदेखि शुक्रबारसम्म प्रशासनिक कार्य बाहेक नियमित पठनपाठन कार्य बन्द पालिकाहरुले जारी गरेको सूचनामा उल्लेख छ ।

सप्तरीमा विगत दुई सातादेखि चिसो बढेको र चारदिनदेखि लगातार चलेको शितलहरले जनजिवन प्रभावित बन्दै गएको छ भने बिहान बेलुका हुस्सु लाग्ने र दिउँसो चिसो हावा चल्ने गरेका कारण बालबालिका, वृद्ध, पशु चौपाया समेत प्रभावित भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल