alliance khabar

आइतबार, पुष १३, २०८२

काठमाडौँ, पुस १३ गते।

 नेकपा (एमाले) को सचिवालय बैठकले  प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची सोमबार निर्वाचन आयोगमा  पठाउने निर्णय गरेको छ।

एमालेको ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको सचिवालय बैठकमा सो निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।

उहाँले आजको बैठकमा विभिन्न जिल्ला, प्रदेशबाट सिफारिस भएको समानुपातिक नामावली सुझावसहित पारित भएको जानकारी दिनुभयो।

उहाँका अनुसार आवश्यक परेको अवस्थामा पार्टी अध्यक्षले उक्त नामावलीमाथि थप गृहकार्य गरेर निर्वाचन आयोगमा पठाउने निर्णय भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विषयमा ब्रिफिङ गर्नुभएको उपमहासचिव भट्टरले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल