alliance khabar

बिहिबार, पुष १०, २०८२

घोराही, पुस १० गते ।

 दाङमा बाक्लो हुस्सुसँगै चिसो बढ्दा जनजीवन प्रभावित भएको बनेको छ । बाक्लो हुस्सु लागेर तुसारो पर्दा कामका लागि मानिसलाई बाहिर निस्कनै मुस्किल परेको छ ।

अत्यधिक चिसोले विशेष गरी बालबालिका, वृद्धवृद्धा, मजदुर र गरिब, विपन्न नागरिक बढी प्रभावित भएका छन् । चिसो र बाक्लो हुस्सुका कारण सडकमा सवारीसाधनको समेत आवतजावतमा कमी भएको छ । पछिल्लो समय निरन्तर लाग्दै आएको बाक्लो हुस्सु र चिसोका कारण दाङको जनजीवन प्रभावित बनेको घोराही उपमहानगरपालिका–१७ कर्जाही निवासी बुद्धिराम चौधरी बताउनुहुन्छ । विहानैदेखि लागेको बाक्लो हुस्सु र चिसो मौसमका कारण सर्वसाधारणको दैनिक प्रभावित भएको भन्दै उहाँले भन्नुभयो, ‘‘चिसो अत्यधिक बढेपछि कृषिको काम गर्न सक्ने अवस्था छैन । घरमा बाक्लो कपडा लगाएर आगो ताप्दै बस्नुपर्ने अवस्था छ ।’’

हुस्सुका कारण घोराही आसपासका क्षेत्रसँगै तुलसीपुर र देउखुरी क्षेत्रमा समेत  चहलपहल पातलिएको छ । बाक्लो हुस्सुका कारण यातायातका साधन चलाउन समेत सावधानी अपनाउनुपर्ने अवस्था भएको बस चालक सुशील थापा बताउनुहुन्छ । घोराही–लमही–भालुवाङ सडकखण्डमा गाडी चलाउँदै आउनुभएका चालक डाँगीका अनुसार विगत २/३ देखि बढ्दै गएको चिसो बुधवारदेखि बढेको छ । बाक्लो हुस्सुका कारण गाडी चलाउन समस्या हुने गरेको भन्दै उहाँले भन्नुभयो, ‘‘बाक्लो हुस्सु लाग्ने गरेको र घाम नलाग्दा सडक सितले दिउँसै भिज्ने गर्दा गाडी चलाउन समेत समस्या हुन्छ ।’’

जल तथा मौसम विभाग फिल्ड कार्यालय घोराहीका अनुसार तापक्रम अधिकतम १६.० डिग्री सेल्सियस र न्यूनतम ९.० डिग्री सेल्सियस रहेको छ । अधिकतम तापक्रम घट्ने क्रममा रहेकाले चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान कार्यालय घोराहीका प्रमुख श्रेया रिजालले बताउनुहुन्छ । उहाँका अनुसार आगामी तीन दिनसम्म घाम नलाग्ने पूर्वानुमान रहेको छ । बढ्दै गएको चिसो र हुस्सुका कारण दैनिक काम गरी खाने मजदुर, बालबालिका, ज्येष्ठ नागरिक प्रभावित हुन थालेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल