alliance khabar

बिहिबार, पुष ०३, २०८२

ललितपुर, पुस ३ गते  ।

 फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसका पदाधिकारी र प्रभावशाली नेता साबिककै निर्वाचन क्षेत्रबाट सिफारिस हुनुभएको छ । कांग्रेसका क्षेत्रीय र जिल्ला कार्यसमितिबाट पार्टी पदाधिकारीलाई प्राथमिकतामा राखेर नयाँ पुस्तालाई पनि समेटेर उम्मेदवार सिफारिस गरिएको हो ।

सभापति शेरबहादुर देउवा डडेलधुरा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नं. १ र उपसभापति धनराज गुरुङ स्याङ्जा १ र २ बाट उम्मेदवार सिफारिस हुनुभएको छ । महामन्त्री गगनकुमार थापाकाठमाडौँ क्षेत्र नं. ४, सर्लाही ४, तेह्रथुम र धनकुटा तथा महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं. १ बाट उम्मेदवार सिफारिस हुनुभएको छ ।

सहमहामन्त्री फरमुल्लाह मन्सुर बारा क्षेत्र नं. ३, उमाकान्त चौधरी बारा क्षेत्र नं. १, महालक्ष्मी उपाध्याय ‘डिना’, मकवानपुर क्षेत्र नं. १, भीष्मराज आङ्दम्बे पाँचथर, जीवन परियार, कास्की क्षेत्र नं. १, महेन्द्र यादव धनुषा क्षेत्र नं. ४ र किशोरसिंह राठौर बाँके क्षेत्र नं. ३ र बर्दिया क्षेत्र नं. २ बाट उम्मेदवार सिफारिस हुनुभएको छ । सहमहामन्त्री बदीप्रसाद पाण्डेले यसअघि बाजुराबाट निर्वाचित भए पनि यस पटक नउठ्ने घोषणा गर्नुभएको छ ।

कोषाध्यक्ष उमेश श्रेष्ठ चितवन क्षेत्र नं. २ र ३, प्रवक्ता डा. प्रकाशशरण महत काठमाडौँ क्षेत्र नं. ५ र नुवाकोट क्षेत्र नं. १ बाट, केन्द्रीय सदस्य डा. शेखर कोइराला मोरङ क्षेत्र नं. ६, गोपालमान श्रेष्ठ स्याङ्जा क्षेत्र नं. २, प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं. १, विमलेन्द्र निधि धनुषा क्षेत्र नं. ३, डा. शशाङ्क कोइराला नवलपुर क्षेत्र नं. १ र डा. आरजु राणा कैलाली क्षेत्र नं. ५ र बर्दिया क्षेत्र नं. २ बाट सिफारिस हुनुभएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले १६५ निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेर केन्द्रीय कार्यालयमा पठाइएकोमध्ये अधिकांश आइसकेको जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल