alliance khabar

मंगलबार, पुष ०१, २०८२

काठमाडौँ, पुस १ गते।

 नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान बुधबार बिहान मात्र हुने भएको छ । महासचिवका उम्मेदवार शंकर पोखरेलले मतदान प्रक्रिया बुधबार बिहान ८ बजे सुरु हुने जानकारी दिनुभएको हो ।

मंगलबार बिहान ९ बजेबाट हुने भनिएको मतदान दिउँसो ४ बजेका लागि सरेको थियो । मतदान प्रक्रिया साँझ ८ बजेसम्म पनि सुरु हुन नसकेपछि थप तयारी गरेर भोलिमात्र गर्ने सहमति भएको एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

एमालेको भृकुटीमण्डपमा जारी महाधिवेशनमा नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो। निर्वाचनमा दुई हजार २६३ जना प्रतिनिधिले भाग लिनुहुनेछ।

अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उहाँहरु प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिनुभएको हो । मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा भएको हो । चुनावी प्रक्रियामा गएर नेतृत्व चुन्ने प्रक्रिाय सुरु भएपछि महाधिवेशन लम्बिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल