alliance khabar

मंगलबार, पुष ०१, २०८२

मनहरी (मकवानपुर), पुस १ गते ।

 चितवन र मकवानपुरको सीमावर्ती क्षेत्रमा रहेको मकवानपुरको सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहले आफ्ना ४५ परिवार उपभोक्ताका लागि काठबाट बनेका खाट प्रदान गरेको छ ।

मनहरी गाउँपालिका वडा नं ६ मा रहेको सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहले बिपन्न वर्गका उपभोक्ता सदस्यहरु खाटको अभावमा चिसो भुँइमा गुन्द्री ओछ्याएर सुत्न बाध्य भएकाले काठबाट बनेका बलिया खाट वितरण गरेको जनाएको छ ।

आफ्नै वन समूहबाट उत्पादित काठको उपयोग गरी निर्माण भएका चारखुट्टे खाट वितरण गरिएको समूहका सचिव रमेश कार्कीले बताउनुभयो । ४३ परिवारलाई ४५ वटा खाट वितरण गरिएको र प्रतिखाट पाँच हजार पाँच सय रुपियाँ लगानी परेको उहाँले बताउनुभयो ।

वन समूहले सञ्चालन गरेको सिलाइ कटाइ तालिममा सहभागी भएर उद्यम गर्न चाहने दुई जना महिलालाई सिलाइ–कटाइ मेसिन समेत प्रदान गरेको छ । समूहले आफ्नो क्षेत्रमा रहेको एकमात्र माध्यमिक तहको विद्यालय राष्ट्रिय माध्यमिक विद्यालयमा स्थापित अक्षयकोषका लागि १० लाख रुपियाँ थप गरेको छ । यसअघि नै समूहले १० लाख रुपियाँ उक्त कोषमा लगानी गरिसकेको थियो ।

वन समूहले आफ्नो क्षेत्रमा रहेको पुष्पलाल आधारभूत स्वास्थ्य केन्द्रले सञ्चालन गरेको आमा समूह सञ्चालनका लागि ५० हजार, बृहद् जोगिताल खानेपानी योजनालाई दुई लाख रुपियाँ लगानी गरेको छ ।

कृषि क्षेत्रतर्फ जनजागृति दुग्ध उत्पादक संस्थामार्फत उपभोक्तालाई बाछी वितरण गर्न एक लाख रुपियाँ हस्तान्तरण गर्ने सम्झौता समेत गरिएको वन समूहकी अध्यक्ष पार्वती मुक्तानले बताउनुभयो । एक समारोह आयोजना गरी वन समूहले डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख हेम थापाको उपस्थितिमा सहयोग हस्तान्तरण गरेको छ । कार्यक्रममा मनहरी गाउँपालिका ६ नं वडाध्यक्ष युवराज थपलिया, मनहरी सब–डिभिजन वन कार्यालयका वन अधिकृत डटेन्द्र गोले, राष्ट्रिय मावि सुनाचुरीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवलाल मुक्तान, प्रधानाध्यापक सुवास श्रेष्ठ लगायत सहभागी थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल