alliance khabar

सोमबार, मंसिर २९, २०८२

काठमाडौँ, मड्सिर २९ गते।

 सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्नेमा जोड दिनुभएको छ ।

डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयको सोमबार अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री खरेलले हुलाकलाई व्यावसायिक कार्ययोजनाका साथ अगाडि बढाइनु पर्नेमा जोड दिनुभयो ।

सञ्चारमन्त्री खरेलले भन्नुभयो,“हामीले हुलाकलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउनैपर्छ, हुलाकले कमाउन थाल्नुपर्छ, अबको दिनमा राम्रो कार्ययोजना बनाइयो भने पाँच वर्षभित्रमा हुलाकले राज्य र जनतालाई योगदान गर्ने बनाउन सकिन्छ ।”

उहाँले स्मार्ट हुलाकको कामलाई तीव्रताका साथ अगाडि बनाउन पनि निर्देशन दिनुभयो ।

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले स्मार्ट हुलाकका लागि नीतिगत र संरचनागत सुधारको पहल भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,“स्मार्ट हुलाकको मापदण्ड स्वीकृतिका लागि मन्त्रालयमा आइसकेको छ, यो छिट्टै स्वीकृत भएर कार्यान्वयनमा जान्छ । यो वर्ष ५० वटा हुलाक कार्यालयलाई स्मार्ट हुलाक बनाउने गरी बजेट पनि विनियोजन भइसकेको छ ।”

सचिव अर्यालले हुलाक सेवालाई चुस्त र प्रभावकारी बनाउन पनि निर्देशन दिनुभयो । उहाँले वि.सं. २०१९ को हुलाक ऐनलाई समयसापेक्ष बनाइनुपर्नेमा जोड दिनुभयो ।

हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले नेपालमा स्मार्ट हुलाकको अवधारणा प्रस्तुत गर्दै हुलाक प्रणालीलाई रुपान्तरण गर्न र राजश्व वृद्धि गर्ने उद्देश्यसहित स्मार्ट हुलाकको अवधारण अगाडि ल्याइएको बताउनुभयो ।

उहाँले न्यूनतम स्रोतसाधनका बीच निरन्तर सेवा सुधार र सेवाग्राहीमैत्री सेवालाई प्रभावकारी बनाइएको विश्वास व्यक्त गर्नुभयो ।

गोश्वारा हुलाक कार्यालयका प्रमुख हुलाक अधिकृत ढाल बहादुर जि.सी.ले गोश्वारा हुलाक कार्यालयको प्रस्तुतीकरण गर्दै हुलाकको सेवा विस्तार विश्वव्यापी बनाउने, नीतिगत सुधार र इकमर्शमा गएर हुलाकको योगदान बढाउने गरी कार्ययोजनासहित अगाडि बढेको जानकारी दिनुभयो ।

सो अवसरमा सञ्चारमन्त्री खरेलले गोश्वारा हुलाक कार्यालयको अवलोकन गर्नुका साथै सेवाग्राहीको समस्या र प्रतिकृया लिनुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल