alliance khabar

सोमबार, मंसिर २९, २०८२

कल्याणपुर (सप्तरी), मङ्सिर २९ गते ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।प्रहरीले विभिन्न मुद्दामा सप्तरी जिल्ला अदालतबाट जरिवाना पाएका १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कुटपीट मुद्दामा जरिवाना पाएका डाक्नेश्वरी नगरपालिका वडा नम्बर ७ का गजेन्द्र मरिक, शिबिन्द मरिक, गुरिया देवी मरिक र भरत यादव रहनुभएको छ ।

यसैगरी कुटपीट, लुपपीट मुद्दामा जरिवाना पाएका महादेवा गाउँपालिका वडा नम्बर १ का सुरेन भन्ने सुरेन्द्र यादव, बिरेन भन्ने बिरेन्द्र यादव, अवैध साल काठ चिरान चोरी निकासी मुद्दामा रुपनी गाउँपालिका ६ का राजन तमाङ्ग, लुटपीट मुद्दामा साविक लोहजरा गाविस वडा नम्बर –९ का किरण राज मिश्र, शेखर राज मिश्र, निलम राज मिश्र, शान्ति देवी मिश्र, प्रकाश राज मिश्र, रहनुभएको हो ।

त्यस्तै, झुठा नेपाली नागरिकता प्रमाण पत्रसम्बन्धी मुद्दामा राजविराज नगरपालिका वडा नम्बर १६ का रिषिनारायण देवसहित १३ जना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।

फैसला कार्यान्वयनको सिलसिलामा सप्तरी जिल्ला अदालत राजविराजबाट जरिवना भइ फरार सुचीमा रहनुभएका उहाँहरुलाई पक्राउ गरी सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको प्रहरी नायब उपरीक्षक पुरीले बताउनुभयो ।

पक्राउ परेका प्रतिवादीहरुबाट एक लाख नौ हजार दुई सय ९५ रुपियाँ जरिवाना उसुल उपर हुने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल