alliance khabar

आइतबार, मंसिर २८, २०८२

बाजुरा, मङ्सिर २८ गते । 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बाजुराले १३ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराले गत शुक्रबार आफ्ना सम्पूर्ण पदाअधिकारी तथा सदस्यहरुको आम भेला गरी  फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाजुरादेखि प्रतिनिधि सभाका लागि छ जना समानुपातिकमा पाँच र राष्ट्रिय सभाका लागि दुई जनाको नाम सिफारिस गरिएको हो ।

जसमा रामसिंह रावल, कविराज पण्डित, जनकराज गिरी, जगतजङ्ग बम गुरुदेव केसी सुमन र योगेन्द्र रावल गरी छ जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरिएको नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराले जनाएको छ ।

यसैगरी, निर्मला कुमारी रावल कार्की, विद्या देवि टिमिल्सेना, महाँ नपाली, राधिका सिंह र सुनिता गुरुङ्ग गरी पाँच जनाको समानुपातिकका लागि सिफारिस गरिएको छ । त्यस्तै, देवराज जोशी र खम्बहादुर खाती गरी दुई जनाको राष्ट्रिय सभाका लागि सिफारिस गरिएको कांग्रेस जिल्ला कार्यसमिति बाजुराका सभापति रामसिंह रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले ठोस रुपमा एक जनाको नाम मात्र केन्द्रमा पठाउँने गरी नेपाली कांग्रेसका पदाधिकारी तथा सबै सदस्यहरुको जिल्ला भेला गरिएका थियौ । त्योे भेलामा धेरै जना आकाङ्क्षी देखिएपछि अहिले ती सबैको सिधै केन्द्रमा सिफारिस गरिएको हो ।”

हामीले यतादेखि प्रतिनिधि सभामा छ जना र समानुपातिकमा पाँच र राष्ट्रिय सभामा दुई जना गरी१३ जनाको नाम सिफारिस गरिएर केन्द्रमा पठाएको सभापित रावलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल