alliance khabar

बिहिबार, मंसिर २५, २०८२

भारदह(सप्तरी), मङ्सिर २५ गते ।

 धान काट्न दाँइ (दौनी) गर्न खेतखेतमै कम्बाइन हार्वेस्टर मेसिन र दाँइ गर्न थ्रेसर मेसिन पुगेपछि जिल्लाका किसानलाई धान भित्र्याउन सहज भएको छ । जिल्लाको अधिकांश धान काट्ने काम सम्पन्न भइसकेकाले अहिले किसानहरू खेतमै धान दाँइ गरेर धान भित्र्याउन व्यस्त भएका हुन् ।

यी प्रविधि प्रयोगमा आएसँगै धान काटेर बोझ बनाएर घर ओसार्ने र गोरू प्रयोग गरेर दाँइ गर्ने चलन विस्तारै हटेको राजविराज नगरपालिका १ का भगवती साहले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘जिल्लामा अहिले अधिकांश धान काट्ने काम सकिएकोले कम्बाइन हार्वेस्टर मेसिन र थ्रेसर मेसिनलाईखेतमा पालैपालो धान दाँइ गर्न भ्याइनभ्याई छ ।’’

कम्बाइन हार्वेस्टर मेसिनले एक घण्टामा सातदेखि ८ कठ्ठा धान काटेर दाँइ गर्दै आएको र त्यस बापत प्रति कठ्ठा एकसय रूपियाँ लिँदै आएपछि काम छिटो र सस्तोमा हुँदै आएपछि किसानलाई काम गर्न सहज भएको उहाँले बताउनुभयो ।

मेसिनले धान काट्दा दाँइ गर्दा छिटो हुने भएपछि समयको बचत हुने भएपछि किसानलाई एकदमै सहज हुँदै आएको सोही ठाउँको दुर्गादेवी रजकले बताउनुभयो ।

बोलाए पनि नबोलाए पनि आफै दाँइ गर्ने थ्रेसर लिएर खेतमै पुग्न थालेपछि सिजनमा राम्रो आम्दानी गर्दै आएको मेसिनले दाँइ गर्दै आउनुभएको राजविराजका १ का राम किसुन यादवले बताउनुभयो ।

कम्बाइन हार्वेस्टर मेसिनले एकदिनमा २० बिघाभन्दा बढी धान काटेर दाँइ गर्ने र थ्रेसरले एक घण्टामा २० क्वीन्टलभन्दा बढी धान दाँइ गर्दै आएको कृषि ज्ञान केन्द्र सप्तरीका कार्यालय प्रमुख किसुनदेव राउतले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘कृषिमा आधुनिक प्रविधि भित्रिएपछि किसानले गर्दै आउनुभएको खेतीमा सहज भएको छ ।’’ जिल्लामा ९० प्रतिशत धान कटाइ सम्पन्न भइसके पनि दाँइ गरेर धान भित्र्याउने काम धमाधम भइरहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल