alliance khabar

बिहिबार, मंसिर २५, २०८२

काठमाडौँ, मङ्सिर २५ गते ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुधबार ‘कला पत्रकारिताका अवस्था र चुनौती’ विषयक कार्यव्रmम सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यव्रmममा लेखक÷पत्रकार नारायण ढुङ्गानाले ‘कला पत्रकारिताका अवस्था र चुनौती’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यपत्रमाथि पत्रकार सुशीला तामाङले टिप्पणी गर्नुभयो । कार्यव्रmमको विषयमाथि जगत् वाशिष्ठ, दिवेशमानसिंह प्रधान, ओमप्रकाश घिमिरे, डिल्ली आचार्य, मधु शाही, चाँदनी हमाललगायतले आफ्नो धारणा राख्नुभयो ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाको गतिविधिलाई स्थानीय तवरबाटै सक्षम र सशक्त बनाउन कला पत्रकारिताको भूमिका महìवपूर्ण रहने बताउनुभयो । उहाँले प्रतिष्ठानले कला खोज, अनुसन्धान, सम्मान, पुरस्कारलगायतका क्षेत्रमा आफ्नो क्षमतानुसारको काम गरिरहेको धारणा राख्नुभयो । हार्तम्छालीले सामाजिक, सांस्कृतिक रूपान्तरणमा कलाले महìवपूर्ण भूमिका खेल्ने भएकाले यसको गतिविधि सम्प्रेषण गर्नु र यस क्षेत्रका समस्याको समेत खोजी गर्नु कला पत्रकारको दायित्व भएको उल्लेख गर्नुभयो ।

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले ललितकला संस्कृति र सभ्यतासँग जोडिएको विषय भएको र यसको आयामलाई जनस्तर एवं विश्वमा फैलाउनु आजको आवश्यकता भएकाले यस कार्यव्रmमको आयोजना गरिएको बताउनुभयो । पत्रकार ढुङ्गानाले कला पत्रकारिताको सुरुवाती, विगत र वर्तमान अभ्यासको चर्चा गर्दै यसका अवस्था, चुनौती र यसको विकास, प्रवर्धनमा गर्नुपर्ने कार्यका बारेमा विस्तृत चर्चा गर्नुभयो । साथै उहाँले समाजमा कलाको गतिविधिलाई बढावा दिन सबै क्षेत्र र सरोकारवाला निकाय लाग्नुपर्नेमा जोड दिनुभयो ।

पत्रकार तामाङले कला पत्रकारिताको क्षेत्रको अवस्था, कोभिड–१९ पछिको समयमा कला बिटलाई पत्रकारिताले दिएको स्थान, यस क्षेत्रमा महिला पत्रकारले दिएको योगदान तथा  ललितकला पत्रकारितालाई व्यवस्थित ढङ्गबाट सक्षम र सशक्त बनाउन राज्यबाट नीतिगत तहमै पहलको आवश्यक रहेको उल्लेख गर्नुभयो । कार्यव्रmममा प्रतिष्ठानका पदाधिकारी, कलाकार, पत्रकार, विद्यार्थी तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल