alliance khabar

बिहिबार, मंसिर २५, २०८२

सुलीकोट, मङ्सिर २५ गते  ।

उत्तरी गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेत गाउँका बाटा जाडो मौसमको चिसो हावामा पनि अलि ठुलैै चाडपर्व आए जस्तै चहलपहलपूर्ण थिए । मङ्गलबार कुनै पर्व थिएन, न त मेलापात वा महोत्सव नै तर रुन्चेतको मुटु गण्डकी माध्यमिक विद्यालय असाध्यै भावुक र गौरवपूर्ण समारोहको साक्षी बन्ने दिन थियो । निष्ठापूर्वक आफ्नो कर्मप्रति इमानदार प्रयास गर्ने हो भने गाउँ समाजमा शिक्षकप्रति गहिरो कदर हुन्छ प्रमाणित गर्ने दिन थियो ।

जीवनभर ज्ञानको दियो बालेर उज्यालो प्रदान गर्नुभएका प्रधानाध्यापक इन्द्रबहादुर उपरकोटीलाई विद्यार्थी, पूर्वविद्यार्थी र स्थानीय अभिभावकहरूले आकाशमार्गमार्फत बिदाइ गर्ने तय भइसकेको थियो । प्रधानाध्यापक उपरकोटी जसले झन्डै चालिस वर्षदेखि उक्त विद्यालयमा विद्यार्थीहरूलाई अक्षरदेखि अनुशासनसम्मका सबै मन्त्र सिकाउनुभयो । उहाँ मङ्गलबार पहिलो पटक आफूलाई आकाशमा उडाएर लैजाने क्षणमा उभिनुभएको थियो । रुन्चेतका स्थानीय अभिभावक सजन गुरुङले ‘गुरु त भुइँका मान्छेलाई उड्न सिकाउने मानिस’ भएको बताउँदै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “अब भने हामीले नै गुरुलाई उडाएर सम्मान दिन्छाँै ।” त्यो कथनसँगै एक अदृश्य कम्पन विद्यालयभर फैलिइरहेको थियो ।

गोरखाको फिनाममा जन्मेर शिक्षणमा समर्पित गर्नुभएका प्रधानाध्यापक उपरकोटीको घरपरिवार भरतपुरमा बस्दै आएको छ । त्यस कारण रुन्चेतबाट काठमाडौँसम्म हेलिकोप्टर र काठमाडौँबाट भरतपुरसम्म हवाइजहाज चढाएर घरमै पु-याउने व्यवस्था पूर्वविद्यार्थीहरूले नै रकम जुटाएर मिलाएका थिए । विद्यार्थी, शिक्षक, पूर्वविद्यार्थी र स्थानीयका आँखामा ऋण तिर्न नपुग्ने भावनाले भरिएको कृतज्ञता चम्किइरहेको थियो । बिदाइ समरोहमा विद्यार्थीहरूको कृतज्ञ नजर, सहकर्मीहरूका भरिभराउ स्मृतिहरू, अभिभावकको आत्मीयतालाई एकाकार गरी प्रधानाध्यापक उपरकोटीको जीवनलाई एउटा जीवित काव्य झैँ बनाइएको थियो ।  हेलिकोप्टरको पङ्खा घुम्न थालेपछि गाउँभर एकाएक हावाले पनि गति बढाएको जस्तो आभास भइरहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल