alliance khabar

शनिबार, मंसिर २०, २०८२

बागलुङ, मंसिर २० गते ।

मंसिर महिनाको चिसो सिरेटोलाई बेवास्ता गर्दै पौंदेलीको न्वागी मेलामा भजनको छुट्टै रौनक थियो । दौरा–सुरुवालमा सजिएका पुरुष र मगर भेषभूषामा सजिएका युवतीले भजन प्रस्तुत गर्दा दर्शकदिर्घामा नचरी लगाउनेको लर्काे थियो ।

भजन टोलीमा हुनुहुन्थ्यो ५६ वर्षिय धनिश्वर अर्याल । जसको पहिलो भजन चट्कामै जोकोही मोहित हुन्छन् । जब भजन चुट्कामा खैजडी र डम्फु घन्किदै जान्छ दर्शक र मञ्चका अतिथिको नजर धनिश्वरतर्फ टक्क अडिन्छ ।

१५ मिनेटका लागि तोकिएको भजन प्रस्तुतिको समयमा जब मनकामना भजन समूह मालिका गाउँपालिका –२ चुत्राबोट गुल्मीले प्रस्तुति दिँदा एक घण्टा समय गुज्रेको पत्तै भएन ।

नेटा दर्लिङ माध्यमिक विद्यालयका प्राथमिक तहका स्थायी शिक्षक समेत रहनुभएका धनिवर जन्मजात शारीरिक अपाङ्गता हुनुहुन्छ । हजुरबुबासँग भजन गाउन सिक्नुभएका उहाँ संस्कृति संरक्षण गर्दै पुस्तान्तरण गर्ने अभियानमा हुनुहुन्छ ।

“मैले हजुरबुबासँगै भजन गाउन सिकेंर १२ वर्षकै उमेरबाट भजन गाउन थालें । बुबासँग अलि–अलि सिके” अर्यालले भन्नुभयो, “भजन गाउने चलन अचेल हराउँदै छ । युवा पुस्ताले रुचाउने गरी सिर्जनाको प्रस्तुति राख्नुपर्छ । पुराना संस्कृति जोगाउँदै पुस्तान्तरण अनिवार्य छ ।”

१७ औं शताब्दीबाट न्वागी पर्व मनाउँदै आएका पौंदेलीहरुले पछिल्लो तीन वर्षदेखि मेलामा भजनलाई पनि समावेश गर्न थालेका छन् । ‘‘स्थानीय संस्कृति जोगाउने प्रयास हामीले गरेका हौं’ भजन कार्यक्रमका संयोजक आचार्य किशोर खरेलले भन्नुभयो, “गाउँको हरेक धार्मिक कार्यक्रममा स्थानीय बुबाआमाले भजन गाउनु हुन्छ । उहाँहरुलाई पौंदी मञ्चमा स्थान दिएर युवापुस्तामा संस्कृति पुस्तान्तरणको लागि प्रयास गरेका हौं ।”

प्रतियोगितामा सहभागी सत्यनाथ शिव मन्दिर भजन समूह टारीका रामहरि सापकोटाले अग्रजबाट भजनकला सिक्न र युवाहरु पनि पुराना कला संस्कृति जोगाउन आफै सक्रिय हुनुपर्छ भन्ने सन्देश दिन समूहमा सहभागी भएर प्रतियोगितामा भाग लिएको बताउनुभयो ।

भजन प्रतियोगितामा मालिका भजन समूह प्रथम, थानपति आस्थावान भजन समूह बडिगाड गाउँपालिका –५ दागफेदी द्वितीय, सत्यनाथ शिवमन्दिर भजन समूह टारी तृतिय र सिद्ध बराह भजन समूह बडिगाड गाउँपालिका –६ नयाँ गाँउ सान्त्वना भएको पौंदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल