alliance khabar

शुक्रबार, मंसिर १२, २०८२

काठमडौँ, मङ्सिर १२ गते।

 नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले सनसनीपूर्ण जित निकालेको छ। बसिर अहमेदको अर्धशतकमा विराटनगरले कर्णालीविरुद्ध सनसनीपूर्ण जित निकालेको हो। बसिरले ४३ बलको सामना गर्दा तीन चौका र तीन छक्काको मद्दतमा नटआउट ६२ रन बनाउनुभएको हो।

कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध दिएको  १६१ रनको लक्ष्य विराटनगरले एक बल बाँकी हुँदा ७ विकेटको क्षतिमा १६३ रन बनाउँदै पूरा गरेको हो। दुई बलमा चार रन आवश्यक परेको अवस्थामा बसिरले छक्का प्रहार गर्दै लक्ष्य पूरा गर्नुभएको हो।

विराटनगरको जितमा नारायण जोशीले २५ रन जोड्नुभयो भने साम हेजलेटले १६ रन बनाउँदा साहिल पटेल १९ रन जाड्नुभयो। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सक्नु भएन।

कर्णालीका लागि सोमपाल कामी, गुल्सन झाले दुईदुई विकेट, पवन सरार्फ नन्दन यादव र विलियम बसिस्टोले समान एकएक विकेट लिए पनि त्यो कर्णालीका लागि पर्याप्त भएन।

टस जितेर सरुमा ब्याटिङ गरेको कर्णालीले पूरै २० ओभर खेल्दै तीन विकेटको क्षतिमा १६० रन बनाएको थियो।

कर्णालीका लागि प्रियाक पञ्चालले अर्धशतक बनाउनुभएको थियो। ४७ बलको सामना गर्दा ६ चौका र दुई छक्काको मद्दतमा उहाँले ६३ रन बनाउनुभएको हो। विलियम बसिस्टो अर्धशतक बनाउन दुई रनले चुक्नुभयो। उहाँले ४८ बलमा ४८ रन बनाउनुभएको हो। गुल्सन झाले १० बलको सामना गर्दा दुई चौका र एक छक्काको मद्दतमा २० रन जोड्नुभएको थियो।

कर्णालीलाई सस्तैमा समेट्न विराटनगरका लागि मर्चेन्ट डी लेङगा र सन्दीप लामिछानेले एकएक विकेट हात पर्नुभयो।

दोस्रो स्थानमा रहेको विराटनगरले यो जितसँगै पाँच खेलमा ८ अंक जोडेको छ। पाँच खेल खेल्दा एउटा खेल गुमाएको विराटनगर दोस्रो स्थानमा कायम छ। अपराजित सुदूरपश्चिम चार खेल खेल्दा आठ अंकसहित शीर्ष स्थानमा छ। चार खेलमा एक मात्र जित निकालेको कर्णाली भने दुई अंकसहित पाँचौं स्थानमा छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल