alliance khabar

शुक्रबार, मंसिर १२, २०८२

कालिकोट, मङ्सिर १२ गते 

प्रेस सेन्टर नेपाल कालीकोटका अध्यक्ष तथा रेडियो तिला आवाजका स्टेसन म्यानेजर पत्रकार वीरेन्द्र आचार्यको दुर्घटनामा मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिकाको २, कार्यालय अगाडि आचार्य सवार स्कुटीलाई मोटरसाईकलले ठक्कर दिएको थियो ।

गम्म्भीर घाइते भएका आचार्यको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । मुलपानीबाट भुरेलीतर्फ जादैगर्दा २३ वर्षीय यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाईकलले र ३४ वर्षीय आचार्यले चलाएको लुम्बिनी ३६ प ३८८६ नम्बरको स्कुटी ठोक्कीएको हो ।

गम्भीर घाइते शुभकालिका गाउँपालिका ६ घर भई हाल वीरेन्द्रनगर १ बस्ने आचार्यको उपचारको क्रममा मृत्यु भएको सुर्खेत प्रहरीले जानकारी दिएको छ ।  मोटरसाईकल चालक पनि घाइते भएका छन् । उनको टाउको र शरीरको बिभिन्न भागमा चोट रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल