alliance khabar

शुक्रबार, मंसिर १२, २०८२

म्याग्दी (दरबाङ), मङ्सिर १२ गते ।

म्याग्दीको बेनी नगरपालिका –९,स्थित विश्वकै अलौकिक तिर्थस्थल गलेश्वरधाम मन्दिरमा हाई मास्ट लाइट जडान गरिएको छ । रातिको समयमा मन्दिर परिसर उज्यालोसहितको सुरक्षित र आकर्षक बनाउन जडान गरिएको लाइटको हो ।

कोषका संरक्षक समेत रहनुभएका म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बिहीबार साँझ स्विच थिचेर उद्घाटन गर्नुभएको थियो । जिलामै पहिलो पटक गलेश्वरमा यस्तो प्रविधिको विद्युत लाइट जडान गरिएको हो ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषाका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार, कोषको आन्तरिक स्रोतबाट नौ लाख ७४ हजार रुपियाँ खर्चेर लाइट जडान गरेको हो । बत्ति जडान पछि परिसरमा उज्यालो हुन थालेको छ । मन्दिरमा आउने भक्तजनलाई सहज बनाउन र सुरक्षा व्यवस्थापनको दृष्टिकोणले पनि सुरक्षित बनाउन लाइट जडान गरिएको अध्यक्ष रेग्मीको भनाइ छ ।

उहाँले भन्नुभयो, “दोस्रो पशुपतिनाथले समेत परिचीत गलेश्वर मन्दिर दर्शनका लागि आएका भक्तजनले चढाएको भेटी लगायत आन्तरिक आम्दानी परिचालन गरेर बत्ति जडान गरिएको हो ।” १६ मिटर अग्लो पोलको टुप्पोमा चार–चार सय वाट क्षमताका ८ वटा लाइट चारैतिर फर्काएर राखिएको छ । लाइट स्वचालित उपकरणद्वारा दिउँसो बन्द र राति बत्ती बल्ने व्यवस्था गरिएको छ ।

यस वर्ष बेनी नगरपालिकासँग साझेदारी गरेर गलेश्वर बजार सौन्दर्यकरण योजनालाई निरन्तरता दिइएको कोषका सदस्य सचिव सम्मरबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार, गलेश्वर बजार क्षेत्रलाई धार्मिक सङ्गीतमय बनाउन सात ठाउँमा स्पिकर जडान गर्ने तयारी भएको छ । कोषका पदाधीकारी, नेपाल विद्युत प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामी लगायत प्राविधिक र आपूर्तिकर्ता कम्पनीका प्रतिनिधिहरुको टोलीको उपस्थिति थियो । कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल