alliance khabar

शुक्रबार, मंसिर १२, २०८२

गुल्मी, मङ्सिर १२ गते ।

नेपाल कम्युष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि गुल्मीबाट महाधिवेशन प्रतिनिधि छनोट हुन ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय महाधिवेशनका लागि यस जिल्लाबाट महाधिवेशन प्रतिनिधि २० जना मात्र सहभागी हुन पाउने भए पनि ६१ जनाले उम्मेदवारी दर्ता गराएको नेकपा (एमाले) गुल्मीले जनाएको छ ।

दुई निर्वाचन क्षेत्रका नौ जना खुल्ला, ६ जना महिला, ४० वर्ष मुनिका दुई जना युवा र एक महिलासहित तीन जना दलित कलस्टरबाट प्रतिनिधि छनोट हुनुपर्नेमा ६१ जनाले महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता गराएका छन् ।

एमाले गुल्मीका सचिव धर्म विश्वकर्माका अनुसार अनुसार खुल्लातर्फ ३४ जना, महिलातर्फ ११ जना, युवातर्फ नौ जना र दलित कलस्टरमा सात जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

महाधिवेशन प्रतिनिधि छनोटका लागि मङ्सिर १३ गते शनिबार निर्वाचनको कार्यतालिका रहेको बताइएको छ । शुक्रबार दाबी विरोध र सहमतिका लागि प्रयास गर्ने र नभए निर्वाचनका माध्यमबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने तयारी गरिएको निर्वाचन कमिटिले जनाएको छ । निर्वाचन क्षेत्र नम्बर–१ बाट खुल्लातर्फ पाँच जना हुनुपर्नेमा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जसमा बालसिंह काउछा, गुणदेव कुँवर, हेम बहादुर थापा, फर्सराम पाण्डे, युवराज पाण्डे, फर्शुराम ज्ञवाली, टिकाराम पाण्डेय, कमल श्रेष्ठ, मधुकृष्णा पन्त, पिताम्बर अर्याल, प्रेमनारायण पराजुली, भिमलाल पाण्डेय, विष्णुप्रसाद गौतम, विष्णुप्रसाद पौडेल, रामजी ढकाल, रामप्रसाद पाण्डेय र होम राना हुनुहुन्छ ।

यसैगरी, महिलातर्फ तीन जना हुनुपर्नेमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा सुशीला पुन, राधिका अर्याल, निरमाया तरामु, अञ्जु कडेल खत्री, लक्ष्मीदेवी पन्त र तुल्सी कुमारी श्रेष्ठ हुनुहुन्छ । युवातर्फ एक जना हुनुपर्नेमा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा बालकृष्ण भण्डारी, अर्जुन कनौजे, सुजन ज्ञवाली र बिमल ज्ञवाली हुनुहुन्छ ।

निर्वाचन क्षेत्र नम्बर– २ बाट खुल्लातर्फ चार जना हुनुपर्नेमा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा हरिप्रसाद पोखरेल, धर्म विश्वकर्मा, प्रकाश काफ्ले, लिलबहादुर विष्ट, लोकबहादुर खत्री, अर्जुनप्रसाद आचार्य, रितबहादुर थापा, नारायण पोखरेल, हिरा एसी, कृष्ण घिमिरे, डिल्लीराज भुसाल, राजेन्द्र प्रसाद पाण्डेय, केशव चन्द बोहरा, खिमानन्द भण्डारी, सागिर मिया, सोमनाथ सापकोटा र उत्तमबहादुर कुँवर हुनुहुन्छ ।

महिलातर्फ तीन जना हुनुपर्नेमा पाँच जनाले उम्मेदवारी दर्ता गराए । जसमा ललिता गौतम, सिता गिरी, कमला शर्मा, बिमला खत्री र सरिता खड्का हुनुहुन्छ ।

युवातर्फ एक जना हुनुपर्नेमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा माधव विष्ट, पदम श्रीस, सूर्यप्रसाद घिमिरे ओमबहादुर कार्की र केदारचन्द्र भुसाल हुनुहुन्छ ।

त्यसैगरी, दलित कलस्टरतर्फ एक महिलासहित तीन जना हुनुपर्नेमा सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा दलित खुल्लातर्फ गणेश कुमार नेपाली, कृष्ण विश्वकर्मा, हेमन्त सुनार, कृष्ण सुनार र सूर्य सोनी हुनुहुन्छ ।

दलित महिलातर्फ रिता रम्तेल र सावित्रा विकले उम्मेदवारी दर्ता गराउनुभयो । प्रतिनिधि छनोटका लागि बिहीबार निर्वाचन क्षेत्र नम्बर– १ को रिडि, निर्वाचन क्षेत्र नम्बर– २ र दलित कलस्टरको जिल्ला पार्टी कार्यालय मदन आश्रित स्मृति भवनमा बिहीबार बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको काम भएको थियो । गुल्मीबाट छानिनुपर्ने २० जना प्रतिनिधि सर्वसम्मत छनोट हुन नसके सङ्गठित सदस्यबाट मतदानमार्फत छनोट गरिने नेकपा (एमाले) गुल्मीले जनाएको छ । यस जिल्लामा एमालेका दस हजार २८१ संगठित सदस्य रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल