alliance khabar

बिहिबार, मंसिर ११, २०८२

ललितपुर, मङ्सिर ११ गते ।

‘वर्षा र सहकालका’ देवता रातो मत्स्येन्द्रनाथलाई बुधबार बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर ल्याइएको छ । मच्छिन्द्रनाथलाई छ महिना पाटन र अर्को छ महिना बुङ्मती राखिने चलनानुसार तःबहाल ल्याइएको हो ।

गुरुज्यूको पल्टनले सलामीपछि आठ जना पुजारी अर्थात् पानेजूले रातो मत्स्येन्द्रनाथलाई  सुरक्षाकर्मीसहित बाजागाजा गरेर पाटन ल्याइएको पुजारी कमलराज वज्राचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “भगवान्लाई पाटन ल्याउनु चार दिनअघिदेखि एक छाक चोखो खाएर हामी आवश्यक नियम पालना गरेर बसेका थियौँ ।”

किंवदन्ती अनुसार कान्तिपुरवासीले भिक्षा नदिएपछि त्यसैको रिसमा गोरखनाथ पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाउनुभयो । जसले १२ वर्षसम्म वर्षा नभई अनिकाल भयो । यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठ्ने र त्यसपछि वर्षा र सहकाल हुने पत्ता लाग्यो । त्यसपछि भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त वज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याइएको थियो । रक्तवलोकेश्वर करुणामयको स्थान निकै उच्च छ । यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकारिने गरिन्छ ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल