alliance khabar

सोमबार, मंसिर ०८, २०८२

पश्चिम नवलपरासी, मङ्सिर ८ गते  ।

कृषि प्रधान देशका उखु किसानहरूले भोगेका समस्या सम्बोधन गर्न तथा नयाँ सिजनका लागि उखुको समर्थन मूल्य निर्धारण गर्ने विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा छलफल भएको छ । आइतबार भएको छलफलमा मन्त्रालयका अधिकारी, सम्बद्ध निकायका प्रतिनिधि र किसान महासंघका प्रतिनिधिहरू सहभागी थिए ।

लागतका आधारमा मूल्य निर्धारणको माग
छलफल सहभागी उखु उत्पादक महासंघका प्रवक्ता तथा लुम्बिनी प्रदेश अध्यक्ष उमेशचन्द्र यादवका अनुसार छलफलमा किसान महासंघले उखु उत्पादनमा श्रम–पसीना बगाउने किसानको वास्तविक उत्पादन लागतका आधारमा यथार्थ अनुरूप मूल्य तय गर्न सरकारसँग जोडदार माग गरेको छ ।

यस वर्ष उखुको उत्पादन लागतमा भएको वृद्धिलाई ध्यान दिँदै किसान महासंघले न्यूनतम ७५० रुपियाँ प्रति क्वीन्टल मूल्य निर्धारण गर्नुपर्ने माग प्रस्ट रूपमा राखेको छ । साथै, किसानले उखु बेचेको १५ दिनभित्रै रकम भुक्तानी हुने व्यवस्था गर्न पनि महासंघले माग गरेको छ ।

बैठकमा सहभागीहरूले सरकारले यही मङ्सिर १५ गतेभित्र सम्मानजनक मूल्य निर्धारण गर्ने आशा व्यक्त गरेका छन् ।

अनुदान भुक्तानीमा अड्चन यथावत
छलफलको मुख्य एजेन्डामा गत वर्षको बाँकी अनुदान भुक्तानीको विषय पनि समावेश थियो । कृषि मन्त्रीले गत वर्षको बाँकी ३५ रुपियाँ प्रति क्वीन्टलका दरले करिब ७५ करोड रुवियाँ छिटो भुक्तानी गर्नुपर्ने धारणा राखेका थिए । तर किसान प्रतिनिधिहरूको भनाइ अनुसार, सचिवस्तरीय टोलीले अर्थ मन्त्रालयको सहमति नआएको भन्दै तत्काल भुक्तानी गर्न कठिनाइ रहेको प्रतिक्रिया दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल