alliance khabar

शुक्रबार, मंसिर ०५, २०८२

कालीकोट, मङ्सिर ५ गते ।

 कालीकोट जिल्लाका स्थानीय तह जोड्ने जीर्ण सडकमा यात्रुले जोखिम पूर्ण यात्रा गर्ने बाध्य छन् । स्थानीय तहका जनप्रतनिधिले आफ्नो कार्यकालमा सडक विस्तारलाई प्राथमिकता दिए पनि सडकको स्तरउन्नती नहुँदा ग्रामीण सडकमा जोखिम बढ्दै गएको हो । कर्णाली करिडोरको लालीघाटबाट नरहरीनाथ गाउँपालिका जोड्ने सडकमा ट्याक्टर चलाउन समेत समस्या छ ।

तर त्यही सडकमा बोलेरो जिपमा १८ देखि २० जना यात्रु राखेर चलाउने गरिएको छ । क्षमताभन्दा तेब्बर यात्रु राख्ने गरिएको छ भने अर्को तर्फ सडकको अवस्था निकै जीर्ण छ ।

यसले सवारी नियमनको हत्या हुने गरेको स्थानीयको गुनासो छ । यसरी जीर्ण सडकमा यात्रा गर्दा कुनै दिन ठुलो दुर्घटना हुने सम्भावन प्रवल देखिएको छ ।

स्थानीय सबिन भण्डाराले लालीघाटदेखि नरहरीनाथ गाउँपालिका तर्फ जाँदै गरेको चालकसहित पाँच सिटे बोलेरोमा १९ जना यात्रु राखिएको बताउनुभयो ।

ग्रामीण सडकको अनुगमन गर्नेदेखि अस्थाइ रोड परमिड अर्थात सवारी साधन चलाउने अनुमति दिने निकाय जिल्ला प्रशासन आँखा बन्द गरेर बसेको भण्डाराको गुनासो छ ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी गोकर्णराज सूयलले ग्रामीण सडकका विषयमा एक पटक यातायात व्यवसायीहरुसँग तत्काल छलफल गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल