alliance khabar

बुधबार, मंसिर ०३, २०८२

काठमाडौँ, मङ्सिर ३ गते ।

नेपाल प्रिमियर लिग (एनपिएल) मा बुधबार काठमान्डु गोरर्खाज र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा साँझ ४:०० बजे सुरु हुने खेलमा दुवै टोली जितका लागि आतुर रहेका छन्  । काठमान्डु लिगमा लगातार दोस्रो जित निकाल्ने तयारीमा छ ।

एनपिएलको उद्घाटन खेलमा काठमान्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटको लज्जास्पद हार चखाएको थियो ।

यता सुदूरपश्चिम दोस्रो संस्करणमा सुखद सुरुवात गर्ने लक्ष्यमा छ । साविक उपविजेता सुदूरपश्चिम पहिलो संस्करणको फाइनलमा जनकपुरसँग पाँच विकेटले पराजित भएको थियो ।

पहिलो खेलमा जनकपुरलाई हराएको काठमान्डुमा उच्च मनोबल छ । यस्तै  सुदूरपश्चिमलाई अघिल्लो सिजनको सानदार प्रदर्शनको साख जोगाउनुसँगै दर्शकको मन जित्नुछ । दर्शकको बलियो साथ पाउने गरेको सुदूरपश्चिममा क्रिकेटको क्रेज  निक्कै लोकप्रिय  छ ।

राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा रहेको काठमान्डु र राष्ट्रिय टोलीकै घरेलु प्रशिक्षक जगत टमटाको नियमित प्रशिक्षणमा रहेको सुदूरपश्चिमबिचको भिडन्त निकै रोचक हुने अनुमान गरिएको छ । दुवै टोलीमा राम्रो विदेशी खेलाडी र उत्कृष्ट स्वदेशी खेलाडीको सन्तुलन छ  ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल