alliance khabar

मंगलबार, मंसिर ०२, २०८२

हेटौँडा, मङ्सिर २ गते ।

हेटौँडाको राप्ती तटबाट बृहत् राप्ती नदी सरसफाइ महाअभियान सोमबारदेखि सुरु गरिएको छ । हेटौँडादेखि चितवनको गोलाघाटसम्म सञ्चालन हुने यस महाअभियानलाई ‘राप्ती नदीको शुद्धता हाम्रो प्रतिबद्धता, राप्ती नदीको जलाधार जन्तुको बाँच्ने आधार’ भन्ने मूल नारासहित प्रारम्भ गरिएको हो ।

तेस्रो राप्ती नदी सरसफाइ दिवसका अवसरमा हेटौँडा–१० स्थित राप्ती खोलाको पुलमुनिबाट अभियान थालनी गरिएको हो । डिभिजन वन कार्यालय मकवानपुर, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सामुदायिक वन, हेटौँडा उपमहानगरपालिका, गोरक्षश्वर मन्दिरका प्रतिनिधि तथा जनप्रतिनिधिहरूको संयुक्त सहभागितामा नदी किनार आसपासको फोहोर सङ्कलन गरी महाअभियान अघि बढाइएको छ ।

डिभिजन वन अधिकृत वसन्तराज गौतमका अनुसार पहिलो दिनमै करिब दुई ट्याक्टर फोहर सङ्कलन गरिएको छ । अभियान हेटौँडाबाट सुरु भई चितवनका विभिन्न स्थानमा पनि निरन्तर जारी छ । जथाभाबी फोहर नदीमा फालिँदा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा बसोबास गर्ने वन्यजन्तु बढी प्रभावित हुँदै आएका छन् । प्लास्टिक तथा अन्य फोहोरका कारण गोही, माछालगायतका जलीय प्राणी सङ्कटमा पर्दै गइरहेका छन् भने चितवन क्षेत्रको पर्यटकीय सौन्दर्यमा समेत नकारात्मक असर परेको छ । हरिण–मृगले प्लास्टिक खाँदा स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेको वन अधिकृत गौतमले बताउनुभयो ।

राप्ती नदी अति सङ्कटापन्न घडियाल गोही, दुर्लभ ओत, विभिन्न प्रजातिका रैथाने तथा आगन्तुक चरा, कछुवा, माछासहितका जलचर प्राणीको मुख्य बसोबास क्षेत्र भएकाले प्रदूषणको बढ्दो असरले चिन्ता बढाएको छ । २०७३ माघ २३ देखि नदी सरसफाइ सुरु गरिए पनि २०७५ मङ्सिर १ देखि अभियानलाई सचेतनामूलक रूपमा विस्तार गरी अहिले महाअभियानको स्वरूप दिइएको अभियानका संयोजक अपिल घिमिरेले बताउनुभयो ।

डिभिजनल वन अधिकृत राकेशप्रसाद चन्द्रवंशीका अनुसार राप्ती नदी र आसपासका जलस्रोत स्वच्छ राख्दै वन्यजन्तुका लागि सुरक्षित वासस्थान निर्माण गर्ने लक्ष्यका साथ महाअभियान सञ्चालन गरिएको हो । हेटौँडादेखि गोलाघाटसम्म निरन्तर सरसफाइ जारी रहने जानकारी उहाँले दिनुभयो ।

हेटौँडा उपमहानगरपालिका वन, वातावरण तथा विपत् व्यवस्थापन समितिका संयोजक फुर्वादोर्जे लामाले जथाभाबी फोहोर फाल्ने प्रवृत्ति रोक्न स्थानीय तहदेखि नागरिक तहसम्म सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । सरसफाइ अभियानमा डिभिजन वन कार्यालय मकवानपुरको नेतृत्वमा हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय मकवानपुर, सशस्त्र प्रहरी बल १४ नं. गण हेटौँडा तथा नेपाली सेना सुपारेटार ब्यारेकले सव्रिmय सहकार्य गरेका छन् । मकवानपुरको हेटौँडाबाट चितवन राष्ट्रिय निकुञ्ज हुँदै पश्चिम चितवनको गोलाघाटसम्म बग्ने राप्ती नदी संरक्षण तथा सरसफाइ अभियानको प्रेरणाका रूपमा प्रत्येक वर्ष मङ्सिर १ गते राप्ती नदी संरक्षण दिवस मनाइँदै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल