alliance khabar

सोमबार, मंसिर ०१, २०८२

काठमाडौँ, मङ्सिर १ गते ।

 नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो जहाज डाइभर्ट हुनुपर्ने अवस्थामा अबदेखि भारतको विमानस्थलका सट्टा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा प्रयोग गर्ने व्यवस्था गरेको छ।

निगमले मङ्सिर ३ गतेदेखि लागू हुने गरी भैरहवालाई वैकल्पिक विमानस्थल (अल्टरनेटिव एयरपोर्ट) का रूपमा प्रयोग गर्ने निर्णय गरेको जानकारी दिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा मौसम, भीडभाड वा अन्य कारणले अवतरण असम्भव हुने घटनामा जहाज भारततर्फ डाइभर्ट हुँदै आएकोमा अब भैरहवा प्रयोग गर्दा उल्लेखनीय खर्च कटौती, उडान समय बचत र थप सञ्चालनगत सहजता मिल्ने निगमको विश्वास छ।

निगमका प्रवक्ता अनिल घिमिरेका अनुसार, भैरहवाका अतिरिक्त पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि सम्भावित ‘अल्टरनेटिव एयरपोर्ट’ का रूपमा अध्ययन गर्ने प्रक्रिया थालिएको छ।

उडान सुरक्षालाई प्राथमिकता दिँदै आन्तरिक पूर्वतयारी तथा आवश्यक प्राविधिक मूल्यांकन तत्काल अघि बढाइने जनाइएको छ।

निगमले वैकल्पिक विमानस्थल विस्तारको कदमलाई नियमित उडानको विश्वसनीयता वृद्धि र आपत्कालीन स्थिति व्यवस्थापनमा महत्वपूर्ण थप मजबुतीका रूपमा लिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल