alliance khabar

शनिबार, कार्तिक २९, २०८२

काठमाडौँ ,कार्तिक २९ गते ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार गोकर्णेश्वर नगरपालिका क्षेत्रमा बागमती नदी करिडोर र फोहोरमैला व्यवस्थापन र सडक मर्मत सम्भार बारे स्थलगत निरीक्षण गर्नुभएको छ।

गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसाल, नगर प्रवक्ता तथा गोनपा ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव केशव शर्मा लगायत सम्बन्धित निकायका टोली सहितको टोलीले स्थलगत निरीक्षण गर्नुभएको हो।

मन्त्री घिसिङले बागमती नदी करिडोरमा देखिएको ढल व्यवस्थापन र सडक स्तरोन्नतिको समस्या तत्काल समाधान गर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसालले बागमति सरसफाइका लागि ढल व्यवस्थापन तथा करिडोरको विकास र सडक मर्मत सम्भारमा देखिएका समस्या समाधानका लागि तत्काल काम अगाडी बढाउन आग्रह गर्नुभयो ।

यसैगरी गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायण बहादुर सुवेदीले बागमतिको सरसफाई र करिडोर क्षेत्रको सौन्दर्यीकरण बढाउन मन्त्री घिसिङको ध्यानाकर्षण गर्नुभयो ।

प्रवक्ता सुवेदीले जम्बुडाँडा क्षेत्रलाई सांस्कृतिक क्षेत्रको रुपमा विकास गर्न केन्द्रीय सरकारका तर्फबाट दीर्घकालिन योजना बनाउन आवश्यक रहेको भन्दै ध्यानाकर्षण गराउनुभयो ।

सो अवसरमा स्थानीयलाई सम्बोधन गर्दै मन्त्री घिसिङले काठमाडौं उपत्यकाका नदी करिडोर क्षेत्रमा सडक विभाग, काठमाडौं उपत्यकाका विकास प्राधिकरण र अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति बीच सडक निर्माण निर्माण तथा मर्मतसम्भार देखिएको समन्वययको समस्यालाई छिट्टै समाधान गरिने प्रतिबद्धता जनाउनुभयो । मन्त्री घिसिङले जम्बुडाँडा क्षेत्रलाई सांस्कृतिक क्षेत्रको रुपमा विकास गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

शनिवार मन्त्री घिसिङले गुह्येश्वरीबाट सुन्दरीजल क्षेत्रसम्मको नदी करिडोर, ढल व्यवस्थापन तथा सडक स्तरोन्नतिबारे स्थलगत निरिक्षण गरि जानकारी लिनुभएको हो । उहाँले सडक फराकिलो बनाउन नेपाल ट्रष्टको कार्यालयसँग आवश्यक समन्वय र सहजीकरण गरिने बताउँदै चावहिल—सुन्दरीजल सडक विस्तारका लागि बाँकी पुलको निर्माण तत्काल अगाडि बढाउन आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल