काठमाडौं, कात्तिक २४ गते ।
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संस्कृत विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष पदमा प्राध्यापक डा. भागवतप्रसाद शर्मालाई नियुक्त गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीले नेपाल संस्कृत विश्वविद्यालय ऐन २०४३ को दफा ९ क को उपदफा (२) अनुसार दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका १८ का प्राडा शर्मालाई सेवा आयोगको अध्यक्ष पदमा तीन वर्षका लागि नियुक्त गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्राध्यापक डा. शर्माले यसअघि विश्वविद्यालयको शिक्षाध्यक्ष रही कार्यसम्पादन गर्नुभएको थियो । यसैगरी, प्रधानमन्त्री कार्कीले सेवा आयोगको सदस्य पदमा फुङलिङ –३ ताप्लेजुङका प्राध्यापक डा. रमेश घिमिरेलाई नियुक्त गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
