alliance khabar

सोमबार, कार्तिक २४, २०८२

काठमाडौँ, कात्तिक २४ गते ।

 नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी पुस्तालाई एमालेमा सामेल हुन आव्हान गर्नुभएको छ । एमालेद्वारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नाराका साथ सोमबार काठमाडौँमा आयोजित ‘घर फर्क राष्ट्रिय घोषणा सभा’ कार्यक्रममा उहाँले सो आह्वान गर्नुभएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, “साथीहरु, घर फर्क अभियानको थालनी गर्दै घर फर्कनुभएको छ । सँगसँगै जेनजीका साथीहरु, कहिल्यै एमालेमा नभएका साथीहरु एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा (एमाले) अब कता जाँदैछ भन्ने कुराको संकेत गर्दैछ, यसको भविष्यको संकेत गर्दैछ । र म जेनजी भाइबहिनी, र युवा भाइबहिनीलाई एमालेमा सामेल हुन आग्रह गर्दछु । बाँकी साथीहरुलाई पार्टी प्रवेश गर्न आग्रह गर्दछु ।”

उहाँले मङसिर २७, २८ र २९ गते काठमाडौँमा हुने एमालेको महाधिवेशनमा सिधैँ नेतृत्व चयनको कार्यक्रम आयोजना हुने जानकारी दिनुभयो । गत भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा सम्पन्न भएको विधान महाधिवेशनमा सङ्गठनात्मक प्रस्ताव, विधान र राजनीतिक प्रस्तावमा विषयमा छलफल भइसकेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “आउँदो महाधिवेशनमा मैले उद्घाटन गर्छु र त्यहाँ भाषण, भुषण हुँदैन । सङ्गठनात्मक प्रस्ताव, विधान पास गरिसकेका छौं । त्यसमा छलफल हुँदैन । खास, महाधिवेशनमा नेतृत्व छान्ने त्यति हो यो महाधिवेशनमा । त्यसमा दुविधा पर्नुपर्ने आवश्यकता छैन ।”विघटित प्रतिनिधि सभा पुनर्स्थापना गरेर लोकतन्त्र फर्काउनुपर्ने उहाँको भनाइ छ ।

एमाले महासचिव शंकर पोखरेलले मुलुकलाई सही नीति र योजनाका साथ अघि बढाउन एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकसित गर्नुपर्ने धारणा राख्नुभयो । महासचिव पोखरेलले भन्नुभयो, “नेकपा (एमाले) जनताको रोजाईमा रहेको पार्टी हो । मुलुकलाई सही दिशा दिन एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा बदल्नुपर्छ । पार्टी केन्द्रीय कमिटीको दशौं बैठकबाट भनेका छौं, हामी यो अभियानमा वैचारिक, राजनीतिक रुपमा स्पष्ट, मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउने जति पनि साथीहरु घरबाहिर हुनुहुन्छ, अल्मलिनुभएको छ, घर फर्कन आह्वान गर्दछुु ।” सभ्य, सुसंस्कृत र विकसित नेपाल निर्माण गर्ने सङ्कल्प गर्नुपर्ने भन्नुहुँदै एमालेमा फर्कनुभएका नेताहरुले ठीक समयमा ठीक फैसला गर्नुभएको धारणा राख्नुभयो ।

नेकपा (एकीकृत समाजवादी) बाट एमाले प्रवेश गर्नुभएका नेतृ रामकुमारी झाँक्रीले विचार र गति मिल्नेहरु एकै ठाउँमा हुँदा राम्रो हुने धारणा राख्नुभयो । झाँक्रीले भन्नुभयो, “गफ मिल्नेहरु एउटा यात्रा गरेको राम्रो । गति समान, दृष्टिकोण समान भएका एकै ठाउँमा भएको राम्रो, कति वटा पार्टी एकता भए भन्ने होइन, कस्ता मान्छेबिच एकता भए भन्ने हो । कुनै अवसर खोजेर होइन । अवसरहरु निर्माण गर्न लामबद्ध हुन आएका हौं ।”उहाँले अब एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले अब देश बनाउने विषयमा सोच्नुपर्ने समय आएको विचार पनि राख्नुभयो ।

यसैगरी, आज एमाले प्रवेश गर्नुभएको नेता किसान श्रेष्ठले चार वर्षअघि विभिन्न कारणले अलग भएर अलग बाटो रोजेको भन्नुहुँदै त्यो निर्णय गलत भएको धारणा राख्नुभयो । घर फर्क अभियान घोषणासभामा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सचिव योगेश भट्टराई, नेताहरु लालबाबु पण्डित, थममाया थापा, महेश बस्नेत लगायत नेताहरुको सहभागिता थियो । यो अभियान देशभरी सञ्चालन हुने एमालेले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल