alliance khabar

शनिबार, कार्तिक २२, २०८२

काठमाडौँ, कात्तिक २२ गते ।

 एन्फा प्रेसिडेन्ट लिग फुटबलमा शनिबार  हैरान्सले टाइगर्स टिमलाई ५–२ ले हराएको छ । हैरान्सका लागि रोहन दोङले तीन गोल गर्नुभयो । समिराज थोकर र विश्व लामाले थप एकएक गोल गर्नुभयो । टाइगर्सका विशेष लामाले दुई गोल गर्नुभयो । रोहन प्लयेर अफ द म्याच बन्नुभयो ।

त्यसैगरी शनिबार नै भएको अर्को खेलमा काँक्रेविहार यूथ क्लब र नव जनजागृति युवा क्लबले १–१ गोलको बराबरी खेलेका छन् । काँक्रेविहारका लागि आशिष चापागाईं तथा नव जन जागृतिका  लागि सुजन न्यौपानेले गोल गर्नुभयो । काँक्रेविहार सरिन जिसी म्यान अफ द म्याच बन्नुभयो ।

लिग कम नकआउटको आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा विजेता टोलीले १० लाख रुपियाँ पुरस्कार पाउने छ । उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने छ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली सेमिफाइनल प्रवेश गर्ने छन् । सेमिफाइनल प्रवेश गर्ने टोलीले राष्ट्रिय लिगमा प्रवेश पाउने छन् । राष्ट्रिय लिग पुस महिनामा हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल