alliance khabar

शनिबार, कार्तिक २२, २०८२

जनकपुरधाम, कात्तिक २२ गते ।

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले  मधेश प्रदेशसभाको शनिबारको बैठकमा मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ ।

मुख्यमन्त्री सोनारले विश्वासका मत लिन पेश गर्नु भएको प्रस्ताव प्रदेश सभाले पारित गर्ने सम्भावना नदेखेपछि  प्रस्ताव फिर्ता लिँदै पदबाट राजीनामा दिनुभएको हो ।

मुख्यमन्त्रीले राजीनामा दिएपछि सभामुख रामचन्द्र मण्डलले उक्त प्रस्तावलाई निर्णयार्थ पेश गर्नुपर्ने आवश्यकता नभएको भन्दै बैठक स्थगित गर्नुभएको छ ।

प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्नु भएको थियो । बैठकमा नेकपा (एमाले) र नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेत मुख्यमन्त्रीलाई समर्थन नगर्ने बताए ।  नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य रहवर अन्सारीले आफू तटस्थ बस्ने बताउनुभयो भने माओवादीकै सांसद माला कर्णले उहाँकै भनाइमा समर्थन गर्नुभयो ।

जनमत पार्टीका प्रदेशसभा सदस्य एवम् पूर्व मुख्यमन्त्री सतिशकुमार सिंह र प्रदेशसभा सदस्य एवम पूर्वमन्त्री त्रिभुवन साह अनुपस्थित हुनुहुन्थ्यो । मधेश प्रदेशसभामा कुल १०७ प्रदेशसभा सदस्य संख्या रहेकोमा बहुमत प्राप्त गर्नका लागि ५४ जनाको आवश्यकता पर्छ । हाल प्रदेशसभामा तीन जना प्रदेशसभा सदस्य निलम्बनमा परेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल