alliance khabar

बिहिबार, कार्तिक २०, २०८२

काठमाडौँ, कात्तिक २० गते ।

 संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपी)को अगुवाइमा युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तरराष्ट्रिय दिवस बिहिवार विश्वका विभिन्न मुलुकमा मनाइँदै

संयुक्त राष्ट्रसङ्घको आह्वानमा युद्ध र द्वन्द्वका क्रममा वातावरणमा पर्ने असरप्रति चेतना फैलाउने उद्देश्यले सन् २००१ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।

संयुक्त राष्ट्रसङ्घले दिगो शान्ति स्थापना र द्वन्द्वको रोकथामका रणनीतिहरूमा वातावरणीय सुरक्षालाई महत्वपूर्ण अङ्गका रूपमा समावेश गरेको छ ।

यो विश्व संस्थाले जीविकाको आधार प्राकृतिक स्रोतसाधन र पारिस्थितिकीय प्रणालीको संरक्षणबाट नै दिगो शान्ति सम्भव हुनेमा जोड दिँदै आएको छ ।

युद्धका क्रममा पानीका मुहान प्रदूषित हुने, बाली डढाइने, वन फँडानी हुने, माटो विषाक्त बन्ने र जनावरको हत्या हुने भएकाले यस्ता गतिविधिले वातावरणमा गम्भीर असर पर्ने गरेको छ ।

युएनइपीका अनुसार बितेका ६० वर्षमा भएका सबै आन्तरिक द्वन्द्वमा काठ, हीरा, सुन, तेलजस्ता बहुमूल्य स्रोतदेखि उर्वर भूमि जमिन र पानीका स्रोतको कम्तीमा ४० प्रतिशत दुरुपयोग भएका छन् ।

यसै, अवसरमा दिनुभएको सन्देशमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गुटेरेसले दिगो शान्ति स्थापनाका लागि वातावरणीय सुरक्षा अनिवार्य रहेको भन्दै विश्वका सबै देशलाई जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको दुरुपयोग विरुद्ध एकजुट हुन आग्रह गर्नुभएको छ ।

“हामीले पृथ्वीको रक्षा नगरेसम्म मानव सभ्यता सुरक्षित रहन सक्दैन । युद्ध र वातावरणीय विनाशविरुद्ध लड्नु नै दिगो शान्ति र विकासको मार्ग हो”, महासचिव गुटेरेसले भन्नुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल