alliance khabar

सोमबार, कार्तिक १७, २०८२

भक्तपुर, कात्तिक १७ गते ।

 भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट आइतबार फरार भएका २० जना बन्दीमध्ये प्रहरीले हालसम्म १७ जनालाई पक्राउ गरेको छ ।

२०८२ भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा बाल सुधारगृहको गेट फोडेर फरार भएका एक सय ६५ बन्दी नफिर्किएकाले आफूहरू पनि जान पाउनुपर्ने माग गर्दै सुधार गृहबाटै विद्रोह गरेर गेट फुटाएर २० बालबन्दी आइतबार दिउँसो फरार भएका थिए ।

फरार भएकामध्ये आइतबार र आज गरी १७ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले जानकारी दिनुभयो । बाँकी तीन जनाको पनि खोजीकार्य जारी भइरहको उहाँले बताउनुभयो ।

बाल सुधारगृहमा प्रहरी प्रवेश गर्न नपाउने, आन्तरिक सुरक्षाको व्यवस्था प्रहरीसँग नरहेकाले बन्दीहरूबीच झडप हुने, फरार हुने क्रम यसअघि पनि हुने गरेको थियो ।

बन्दीहरू फरार भएको खबर आएपछि मात्रै प्रहरीले सुधारगृह बाहिर उनीहरूको खोजीकार्य सुरु गरेको प्रहरी नायब उपरीक्षक ढुङ्गानाले  बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल