alliance khabar

आइतबार, कार्तिक १६, २०८२

काठमाडौँ, कात्तिक १६ गते।

प्रेस काउन्सिल नेपालले अनलाइन सञ्चार माध्यमहरूको सूचीकरण नहुने सम्बन्धमा सूचना प्रकाशित गरेको छ।

२०७८ सालको “केही नेपाल ऐन संशोधन गर्न ऐन, २०७८” र “छापाखाना तथा प्रकाशन सम्बन्धी दोश्रो संशोधन नियमावली, २०७८” कार्यान्वयनमा आएपछि अनलाइन सञ्चार माध्यमको अभिमुखीकरण तथा सूचीकरणका लागि कानूनी व्यवस्था नभएकाले काउन्सिलले यस्तो सूचना सार्वजनिक गरेको हो।

प्रेस काउन्सिलले यसअघि २०७० साल असार १६ गतेदेखि अनलाइन सञ्चार माध्यमको सूचीकरण प्रारम्भ गरेको थियो। सो क्रममा अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३ तथा त्यसको पहिलो संशोधन, २०७६ बमोजिम सूचीकरण, अभिमुखीकरण तथा आचारसंहिताको मापदण्ड अनुसार सञ्चालनका लागि रु. ३००० शुल्क लिई कार्य गर्दै आएको थियो।

तर नयाँ कानूनी व्यवस्थाले उक्त प्रक्रिया अन्त्य गरेपछि अब अनलाइन सञ्चार माध्यमको सूचीकरण र अभिमुखीकरण कार्य काउन्सिलबाट नहुने स्पष्ट गरिएको छ।

उक्त सूचना प्रेस काउन्सिल नेपालका सहप्रशासनिक अधिकृत (सहप्रवक्ता तथा सूचना अधिकारी) रामशरण बोहराद्वारा जारी गरिएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल