alliance khabar

आइतबार, कार्तिक १६, २०८२

धनगढी, कात्तिक १६ गते ।

कैलालीसहित तराईमा कात्तिकमै बाक्लो हुस्सु लागेको छ । आइतबार बिहानैदेखि हुस्सु लागेको हो । मोन्था आँधीको असरले केही दिन मौसममा बदली भए पनि सुदूरपश्चिम प्रदेशको तराईमा हल्कामात्रै वर्षा भएको थियो ।

मौसममा सुधार हुँदै गएपछि बाक्लो हुस्सु लाग्न सुरु भएको छ । हुस्सुका कारण सवारी साधन दुर्घटनाकोे जोखिम पनि बढेको छ ।

हुस्सु लागेसँगै विस्तारै चिसो पनि बढ्ने धनगढी उपमहानगरपालिका–८ का विवश चौधरीले बताउनुभयो । “आज त खासै चिसो महसुस भएको छैन”, मर्निङ वाक गर्दै गरेको अवस्थामा भेटिनु भएका उहाँले भन्नुभयो, “तर यस्तै रह्यौ भने अब चिसो बढ्दै जान्छ ।”

मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढीको अकितम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियस र न्यूनतम् तापक्रम २० देखि २२ डिग्री सेल्सियसको बिचमा रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल