alliance khabar

शुक्रबार, कार्तिक ०७, २०८२

रेसुंगा(गुल्मी), कात्तिक ७ गते ।

 सदरमुकाममा व्यवसाय गरेर बसको मान्छे गाउँ फर्किएर बाँझिएका बारीहरुमा खाल्डा खन्न थाल्दा धेरैलाई आश्चर्य पनि थियो । गुल्मीदरबार गाउँपालिका–१, बलिथुमका युवा कृषक रुपलाल श्रेष्ठको परिवारले गाउँ छोडेका २० वर्ष भए ।

घरबारी छोडेर लामो समय उपयोगविहीन भएपछि बाँझिएको जमिनमा कागती खेतीको काम भइरहेको छ । श्रेष्ठले आफ्नै ६० रोपनी जमिनमा कागती खेतीको बगैँचा विस्तार गर्नुभएको छ । पुष्पाञ्जली एग्रो फर्ममार्फत जङ्गल जस्तै बनेको आफ्नै पखेरमा कागती फल्न थालेपछि श्रेष्ठले ठुलो आशामा सफलता प्राप्त गर्न थाल्नुभएको छ ।

गाउँमा रुपेशका जस्तै अर्गेला जमिनको गणना छैन । गुल्मीबाट बर्सेनी दुई हजारभन्दा बढि परिवार तराईमा बसाइँ सरेर जान्छन् । काम गर्ने उमेर समूह परदेश पस्ने, परिवारले सुखका लागि गाउँ छोड्दा उर्वर गैराबारीहरुमा पनि वनमाराले ढाक्न थालेको छ । यो अवस्थामा निरन्तरको कर्मले बलिथुमका युवा श्रेष्ठले बाँझो जमिनमा कागती फलाउन थालेको कथा धेरैका लागि प्रेरणा र उर्जा बन्न सक्छ ।

बगैँचामा अहिले १० क्वीन्टल कागती फल्ने अनुमान श्रेष्ठको छ । गत वर्ष खासै राम्रो फल थिएन । अहिले केही बोटहरुमा कागती राम्रो फलेकाले बजारको पिरलो सुरु भएको श्रेष्ठले बताउनुभयो । कागती सानो रहर र मेहेनतले फल्दैन् । यो दिन आउन आफुले माटोको परीक्षण, सिँचाइ व्यवस्थापन, रोग नियन्त्रण, जनशक्ति व्यवस्थापनसहितको कठिन डेढ दशक बिताएको श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल