alliance khabar

सोमबार, आश्विन २७, २०८२

लमजुङ, असोज २७ गते ।

अरिङ्गालले चिल्दा लमजुङमा एक जनाको मृत्यु भएको छ । बेंसीसहर नगरपालिका वडा नम्बर ११ तिवारी डाँडा निवासी ८२ वर्षीय यज्ञनिधि तिवारीको अरिङ्गालले चिल्दा मृत्यु भएको हो ।

आइतबार साँझपख घर नजिकै बाटोमा हिँड्दै गर्दा तिवारीलाई धेरै सङ्ख्यामा अरिङ्गालले चिलेका थिए । धेरै वटा अरिङ्गालले एकैसाथ शरीरका विभिन्न अङ्गमा चिल्दा गम्भीर घाइते हुनुभएका उहाँलाई तत्कालै उपचारका लागि सदरमुकाम बेंसीसहरस्थित प्रदेश अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर शाह तेलीले जानकारी दिनुभयो ।

बेंसीसहरमा उपचार हुन नसकेपछि उहाँलाई थप उपचारका लागि चितवन पुरानो मेडिकल कलेज पुर्‍याइएको थियो । चितवन पुरानो मेडिकल कलेजमा उपचारको क्रममा तिवारीको निधन भएको वडाअध्यक्ष शिवप्रसाद जोशीले बताउनुभयो ।

बाटो नजिकै रहेको गोलमा कसैले ढुङ्गा हानेर जिस्काउँदा अरिङ्गालले आक्रमण गरेको हुनसक्ने स्थानीयले बताएका छन् । अरिङ्गाल व्यवस्थापन गर्न नसके थप जोखिम निम्तन सक्ने भन्दै स्थानीयमा सन्त्रास बढेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल