alliance khabar

सोमबार, आश्विन २७, २०८२

हुम्ला, असोज २७ गते ।

जेनजी समूहको आन्दोलनमा निस्केका हुम्लाका एक जना युवक हालसम्म बेपत्ता छन् । जिल्ला नाम्खा गाउँपालिका–३ को खगालगाउँ स्थायी घर भएका हाल काठमाडौँको तीनचुलीमा बस्दै आउनुभएका थुक्तेन पाल्वर लामा एक महिनादेखि बेपत्ता हुनुभएको छ ।

२४ वर्षका लामा नारायणथान गुम्बामा लामा ज्ञानको अध्ययन सकाएर एक वर्षअगाडिदेखि काठमाडौँको तीनचुलीमा भतिजोसँगै कोठा लिएर बस्दै आउनुभएको थियो तर आन्दोलन भएको दिनदेखि सम्पर्कमा नआएको उहाँका बुवा टैछिरिङ लामाले बताउनुभयो । बुवा लामाका अनुसार भदौ २३ गतेको आन्दोलनमा सहभागी भएर थुक्तेन सकुशल कोठा फिर्ता हुनुभएको थियो । होटेलमा काम गर्ने लामा २४ गते बिहानी सिफ्टको काम सकाएर दिउँसो २ बजे कोठा आएर आन्दोलनमा निस्कनु भएको थियो । बौद्धमा भएको आन्दोलनमा सहभागी हुन कोठाबाट निस्केको र त्यसपछि भने बेपत्ता हुनुभएको हो ।

जेनजी आन्दोलनमा निस्केर बेपत्ता भएको छोराको खोजी गरिदिन बुवा लामाले आग्रह गर्नुभएको छ । उहाँले अब सास पाउने सम्भावना छैन लास भए पनि पाउन पाए हुने बताउनुभयो । उहाँका दुई छोरामध्ये बेपत्ता भएको कान्छा छोरा हुन् ।

हुम्लाको युवा जेनजी आन्दोलनमा गएर बेपत्ता भएपछि नामख्योम हुम्ला बौद्ध समाजका अध्यक्ष अङ्गबहादुर लामाले एक सूचना निकालेर खोजीका लागि सहयोगसमेत माग्नुभएको छ । बेपत्ता लामाका बारेमा जिल्ला प्रहरी कार्यालय हुम्ला र काठमाडौँ प्रहरीलाई पनि जानकारी गराइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल