alliance khabar

सोमबार, आश्विन २७, २०८२

कल्याणपुर (सप्तरी), असोज २७ गते ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सर्पको टोकाइबाट एकजना वृद्धको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर २ मोहनपुर घर भएका ७२ वर्षीय विन्देश्वर यादवको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

आइतबार साँझ आफ्नो गाई गोठमा बसिरहेका बेला सर्पले बायाँ खुट्टामा टोकि उहाँ घाइते हुनुभएको थियो ।

घाइते यादवलाई उपचारका लागि गोल्डेन अस्पताल विराटनगर लगिएकोमा त्यहाँ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर पुरीले जानकारी दिनुभयो ।

मृतक यादवको शव पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल