alliance khabar

आइतबार, आश्विन २६, २०८२

काठमाडौं, असोज २६ गते ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज काठमाडौंको सञ्चारग्रामस्थित प्रेस काउन्सिल नेपाल, सूचना तथा प्रशारण विभाग र पत्रकार न्यूनतम पारिश्रमिक निर्धारण समितिको स्थलगत भ्रमण गरिरहनुभएको छ ।

मन्त्री खरेलका प्रमुख स्वकीय सचिव उद्धव भट्टराईका अनुसार मन्त्री खरेल स्थलगत भ्रमणका लागि सञ्चारग्राम परिसर पुगिसक्नुभएको छ । उहाँले बिहान १० बजे प्रेस काउन्सिल नेपालको स्थलगत भ्रमण गरिरहनुभएको छ ।

त्यस्तै, बिहान ११ बजे सूचना विभागको र दिउँसो १२ बजे न्यूनतम परिश्रमिक निर्धारण समितिको कार्यालयमा स्थलगत भ्रमण र छलफल गर्नुहुनेछ । मन्त्री खरेलको साथमा मन्त्रालयका सचिव राधिका अर्यालसहित मन्त्रालयका कर्मचारी सहभागी रहनुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल