alliance khabar

आइतबार, आश्विन २६, २०८२

काठमाडौँ, असोज २६ गते ।

पछिल्लो तीन महिनामा करिब ४० हजार मतदाता थपिएका छन् । रुपन्देही–३ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मिति घोषणा हुनुभन्दा अघिसम्म नामावली सङ्कलन गर्दा करिब ४० हजार मतदाता थपिएका हुन् । उपनिर्वाचनको मिति घोषणापछि असारमा रोकिएको नामावली सङ्कलन असोज ८ गतेदेखि खुला भएको हो । प्रतिनिधि सभा सदस्यको फागुन २१ मा हुने निर्वाचनका लागि अध्यादेशमार्फत कानुन संशोधन गरी मतदाता नामावली सङ्कलन खुलाइएको हो । नामावली सङ्कलन कात्तिक २० गतेसम्म जारी रहने छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कात्तिक १६ गतेसम्म मतदान गर्न योग्य एक करोड ८१ लाख ६८ हजार २३० मतदाता कायम भएका छन् । यसअघि सो सङ्ख्या एक करोड ८१ लाख २८ हजार ८३२ थियो । पछिल्लो तीन महिनामा ३९ हजार ३९८ मतदाता थपिएका छन् ।

प्रवक्ता भट्टराईले राष्ट्रपतिबाट अध्यादेश जारी भएर कानुनी अवरोध हटेपछि प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि नामावली सङ्कलन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “१६ वर्ष उमेर पूरा भएकाको कात्तिक २० गतेसम्म नामावली सङ्कलन हुने छ । फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुनेले आगामी निर्वाचनमा मतदान गर्न पाउने छन् । नयाँ थपिनेको अद्यावधिक तथ्याङ्क निर्वाचन हुनुभन्दा अघि सार्वजनिक गरिने छ ।”

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल