alliance khabar

शुक्रबार, आश्विन २४, २०८२

जेरुसलेम, असोज २४ गते ।

इजरायलको न्याय मन्त्रालयले शुक्रबार हमाससँगको युद्धविरामको सम्झौताको एक भागको रूपमा गाजामा बन्धक बनाइएका बन्धकहरूको बदलामा रिहा गरिने २५० कैदीहरूको सूची प्रकाशित गरेको छ।

यो सूचीमा रिहाइको लागि हमासले माग गरेका धेरै वरिष्ठ प्यालेस्टिनी लडाकू नेताहरूको नाम समावेश गरिएको छैन ।

इजरायली जेलमा आजीवन कारावासको सजाय भोगिरहेका प्यालेस्टिनी नेताहरू मारवान बरघोटी, अहमद सादत, हसन सलामेह र अब्बास अल–सैयद हुन् तर यो सूचीमा उनीहरूको नाम समावेश छैन।

हत्याको आरोपमा सन् २००४ मा आजीवन कारावासको सजाय सुनाइएको र इजरायलले आतङ्कवादी मानेका बार्घोटीलाई प्यालेष्टिनी समर्थकहरूले कहिलेकाहीँ ‘प्यालेस्टिनी मन्डेला’ भनेर वर्णन गर्नेगरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको २० बुँदे योजनाका आधारमा इजरायल र हमासबीच पहिलो चरणको युद्धविराम र बन्धक बन्दी साटासाट सम्झौतामा सहमति भएपछि रिहाइका लागि बन्धकहको नाम सार्वजनिक गर्न थालिएको हो।

योजना अनुसार इजरायलले हमासको सन् २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमणपछि युद्ध सुरु भएदेखि विभिन्न जेलमा रहेका २५० कैदीसहित र लगभग एक हजार ७०० गाजावासीहरूलाई रिहा गर्नेछ।

बदलामा हमासले दुई वर्षअघि आक्रमणका क्रममा अपहरित २५१ मध्ये ४७ जना बन्धकलाई हस्तान्तरण गर्नेछ । सन् २०१४ देखि गाजामा बन्धक बनाइएका थप एक व्यक्तिको अवशेष पनि फिर्ता हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल