alliance khabar

शुक्रबार, आश्विन २४, २०८२

काठमाडौँ, असोज २४ गते ।

देशबाहिर रहेका परिवारका सदस्यसमेत नेपाल आएर दसैँ मनाउने बेलामा करिब चार हजार युवा रोजगारीका लागि बिदेसिएका छन् । स्वदेशमा रोजगारीका अवसर नपाएपछि दसैँको समेत वास्ता नगरी युवा कामका लागि बिदेसिन बाध्य भएका हुन् । विदेशबाट आएको भिसाले नेपालका चाडपर्व चिन्दैन । ढिला गरे भिसाको समय सकिने डरका कारण युवा चाडपर्वको खुसी नै छोडेर विदेश गए ।

वैदेशिक रोजगार विभागका अनुसार दसैँ बिदाको फूलपातीदेखि छ दिनको अवधिमा तीन हजार ८५० जना युवा श्रम स्वीकृति लिएर रोजगारीका लागि गएका छन् । यस अवधिमा सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, कतार गएको विभागले जनाएको छ । विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले नेपाली जाने श्रम गन्तव्य देशमा बिदा नहुने भएकाले त्यस्ता देशमा जानैपर्ने श्रमिकका लागि विभागबाट सहज रूपमा श्रम स्वीकृति दिने व्यवस्था गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल