alliance khabar

मंगलबार, आश्विन २१, २०८२

पाख्रीबास (धनकुटा), असोज २१ गते ।

धनकुटाको बिभिन्न दुई स्थानमा झुण्डिएको अवस्थामा दुई जना पुरुषको शव फेला परेको छ । एकजना घरको कोठाभित्र र अर्को घर छेउको रुखमा पासो लगाएर झुण्डिएको अवस्थामा शव फेला परेको हो ।

धनकुटाको साँगुरिगढी गाउँपालिका –४, स्थित एक्सेरुङ बस्ने करिब ४५ वर्षिय पुरुष रहेका छन् । उनी आफ्नै दिदी फुलमाया लिम्बूको घरमा पाउना गएको र घरको माथील्लो तलाको कोठाभित्र प्लाष्टिकको सुत्रिले पासो लागि झुण्डिएको अवस्थामा सोमबार करिब साढे ५ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।

यस्तै धनकुटाको महालक्ष्मी नगरपालिका –१ स्थित मचेपु पारी खाप्राङ बस्ने करिब ५५ बर्षिय हिक्मत दर्जी रहेका छन् । उनी घर छेउमा रहेको गोथनको रुखमा कपडाको डोरीले पासो लगाई झण्डिएको अवस्थामा मंगलबार बिहान करिब ८ बजे फेला परेको प्रहरी प्रवक्ता डिएसपी कार्कीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार दुवै घटनास्थलमा प्रहरी टोली गएको र घटनाबारे थप अनुसन्धान गरिरहेको छ । घटना के कसरी भयो थप अनुुसन्धानपछि मात्र भन्न सकिने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल