alliance khabar

आइतबार, आश्विन १९, २०८२

वराहक्षेत्र, असोज १९ गते ।

शनिवार विहानदेखि अविरल वर्षा हुँदा सप्तकोसी नदीमा पानीको बहाव उच्च हुँदैगएको छ । आइतबार विहान ७ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले २ लाख ७१ हजार ३१० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको कन्ट्रोल रुमले जनाएको छ ।

अहिले ब्यारेजको ३९ वटा ढोका खोलिएको छ । आइतबार बिहान ५ बजेको मापनअनुसार २ लाख २० हजार २२५  क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको कन्ट्रोल रुमले जनाएको छ । शनिवारदेखि नै पहाडी क्षेत्रमा वर्षा भएसँगै कोशी नदीमा पानीको बहाव उच्च छ ।

कोशीमा पानीको बहाव उच्च हुदै गए पनि यो समाचार तयार पर्दासम्म कोसीले पूर्वी तटबन्धमा कुनै क्षति नगरेको कोशी तटबन्धनमै काम गर्दै आउनुभएका महोन मण्डलले बताउनुभयो । उहाँका अनुसार पानीको बहाव बढे पनि राजावास, प्रकाशपुर, मधुवनलगायत पूर्र्वी तटबन्धमा कटान नभएको बताइएको छ । यद्यपि नदीको वरिपरि वसोबास गर्नेहरुलाई सतर्क रहन आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल