alliance khabar

शनिबार, आश्विन १८, २०८२

बनेपा, असोज १८ गते ।

शुक्रबार साँझदेखि परेको अविरल बर्षाका कारण काभ्रेपलान्चोकको नागरिकको जनजीवन प्रभावित बनेको छ । शुक्रवार साँझदेखि परेको बर्षासँगै काभ्रेपलान्चोक भएर बहने खोला तथा खोल्सामा पानीको बहाव बढेको छ ।

बर्षासँगै जिल्लामा रहेको रोसी खोलामा पानीको बहाव बढेर बाढीपहिरोको जोखिम बढेसँगै राजधानीबाट पूर्वी पहाडी र तराइको जिल्ला जोड्ने बिपी राजमार्गमा सवारी रोकिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले पानी बढेसँगै बिपी राजमार्ग भएर बहने रोसी खोलाको बहाव बढेर बाढी र पहिरोको जोखिम रहेकाले सवारी साधनलाई राजमार्गमा नै रोकिएको (होल्ड) गराइएको बताउनुभयो ।

उहाँले बिपी राजमार्ग भएर जाने सवारीसाधनलाई धुलिखेल, काभ्रेभन्ज्याङ, भकुन्डे र मङगलटारमा रोकिएको बताउनुभयो । उहाँले शनिवार बिहानदेखि बर्षा हुनेक्रम बढेकाले बढेकोले बाढी र पहिरोको जोखिमबाट हुनसक्ने क्षति कम गर्न सवारी रोकिएको बताउनुभयो ।

यसैगरी बर्षासँगै अरनिको राजमार्गको धुलिखेल खावा सडकमा समेत सडकमाथिबाट ढुङ्गा खस्न सुरु भएकाले अरनिको राजमार्ग भएर चल्ने सवारीसाधनलाई धुलिखेलमा र पाँचखालमा रोकिएको ट्राफिक प्रहरीले जनाएको छ । बर्षा भएसँगै दसैं मनाएर गाउँबाट सहर हिंडेका तथा टीका लगाउन आफन्तकोमा हिँडेका सर्वसाधारण अलपत्र परेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल