alliance khabar

सोमबार, आश्विन ०६, २०८२

कल्याणपुर (सप्तरी), असोज ६ गते ।

दसैँ आएपछि सप्तरीको रुपनी गाँउपालिकाले रातिको समयमा पनि बाटो मर्मत गर्न थालेको छ ।

केही दिनअघि सम्म निरन्तर परेको पानीले गाउँपालिकाका विभिन्न वडाका बाटोमा हिलो जम्ने समस्या देखिएपछि रातिको समयमा पनि बाटो मर्मतको काम थालिएको हो ।

दसैँको मुखमा बाटो हिलाम्य भएपछि जनताको माग अनुसार पालिकाले ग्राभेल हाल्ने काम सुरु गरेको गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले जानकारी दिनुभयो । आइतबार राति अवेरसम्म वडा ३ स्थित कटैयाको कृषि सडक अध्यक्ष यादवको उपस्थितीमा मरमरत गरिएको छ ।

केही ठाउँमा अझै काम अधुरा रहेकाले त्यसलाई पुरा गर्न आफु सक्रियताका साथ लागेको अध्यक्ष यादवले बताउनुभयो । “जनताको सेवकका रुपमा जुन बेला पनि जनताकै कामलाई प्राथमिकता दिने मेरो दायित्व हो, यसमा दिन वा रातको कुरै छैन् । आवश्यक परेको बेला खटिनु पर्छ,” उहाँले भन्नुभयो ।

बाटोमा हिलैहिलो भएपछि सडकमा आवत जावत गर्न सर्वसाधारणलाई सममस्या हुँदै आएको थियो । त्यहाँका जनताले दवाव दिंदा सोमबार राति सडक मरमत गरिएको नेपाली काँग्रेस रुपनी गाउँपालिकाका सचिव ज्ञानेन्द्र ईसरले बताउनुभयो । उहाँले रातिको समयमा पनि गाउँपालिकाका अध्यक्ष आफै उपस्थित भई काम अगाडि बढाएको देखेर स्थानीयवासीले पनि खुसी व्यक्त गरेको प्रतिक्रिया दिनुभयो ।

पालिकाले सडक बनाइ दिएपछि स्थानीय राजनीतिक कार्यकर्ता र सर्वसाधारण जनताले अध्यक्ष यादवप्रति धन्यवाद समेत दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल