alliance khabar

शुक्रबार, आश्विन ०३, २०८२

काठमाडौँ, असोज ३ गते ।

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै लोकतन्त्र, मानव अधिकार र सामाजिक न्यायलाई सुदृढ बनाउन सबैलाई आह्वान गर्नुभएको छ ।

उहाँले असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान नेपाली जनताले पटक–पटक गरेका क्रान्ति, संघर्ष र आन्दोलनको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो । ‘‘संविधानले सबैको हक र अधिकार सुनिश्चित गर्दै प्रत्येक नागरिकलाई स्वतन्त्र र समान भएको अनुभूति गराएको छ’’ वक्तव्यमा भनिएको छ ।

देउवाले संविधान दिवसले मुलुकलाई आर्थिक समृद्धि र राजनीतिक स्थिरतामार्गत अग्रसर गराउने प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले मुलुकमा उत्पन्न हुने राजनीतिक जटिलताको समाधान संविधानभित्रै खोज्नुपर्ने र संविधान बाहिर जाने प्रयासले अस्थिरता मात्र बढाउने बताउनु भएको छ।

संविधान दिवसका अवसरमा उहाँले लोकतन्त्र र गणतन्त्र स्थापना तथा पुनःस्थापनाका लागि जीवन अर्पण गर्ने ज्ञात–अज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै न्याय, समानता र स्वतन्त्रतामा आधारित बहुदलीय लोकतान्त्रिक व्यवस्थाको सफलताप्रति दृढ प्रतिबद्धता दोहोराउनु भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल