alliance khabar

मंगलबार, भाद्र ३१, २०८२

रेसुङ्गा(गुल्मी) भदौ, ३१ गते ।

 पछिल्लो समय गुल्मी अस्पतालप्रति नागरिकमा भरोसा बढेको छ । अस्पतालकै अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ७२ हजार ८७९ जनाले सेवा पाएका थिए । सेवाको गुणस्तरियता र विश्वासका कारण सेवा प्राप्त गर्नेको सङ्ख्या २०८१/०८२ मा ७८ हजार २५४ पुग्यो । यो एउटा स्वास्थ्य क्षेत्रमा पलाएको नयाँ आशा हो । कुनै समय बल्लतल्ल मेडिकल अधिकृत पाउने अस्पातलमा अहिले विशेषज्ञसहित १८ जना चिकित्सक छन् ।

गुल्मी अस्पतालको सफलतासँग स्थानीय सरकार रेसुङ्गा नगरपालिकाको ठुलो सहयोग रहेको छ । जसले नागरिकलाई गुल्मी अस्पतालबाट विशेषज्ञ सेवा प्रदान गर्न छ जना विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको छ । यो पहिलो निर्णय भने पक्कै होइन् । सरकारले दरबन्दी अनुसारको जनशक्ति नपठाउँदा पहाडी जिल्लाहरुमा विशेषज्ञ चिकित्सकहरु बस्दैनन् । गुल्मी अस्पतालमा पनि १० जना विशेषज्ञ चिकित्सकको स्थायी दरबन्दी छ । तर कहिल्यै दरबन्दी अनुसारका विशेषज्ञ नुहने भएकाले सेवाका लागि गुल्मेली नागरिक जिल्ला बाहिर जार्नुपर्ने समस्या रहेको थियो ।

पहाड खाली गरेर मानिस सहर झर्नुको पहिलो कारण स्वास्थ्य हो । यो रेसुङ्गा नगरपालिकाले बुझेकै कारण समुन्नतीको पहिलो आधार स्वास्थ्य क्षेत्रको विकाससँगै ‘गुल्मी अस्पताल मेरो अस्पताल’ बनाउने उद्देश्यका साथ अस्पतालमा लगानी बढाइएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो । प्रोत्साहन सुविधामार्फत एक जनाबाट छ जना विशेषज्ञहरुसम्म पुर्‍याएकाले आगामी दिनमा १० जनानै चिकित्स उपलब्ध गराएर सुविधासहित सेवा प्रदान गर्ने लक्ष्य रहेको पन्थीले बताउनुभयो ।

विशेषज्ञ सेवा, मिर्गौलाको हेमोडाइलोसिस सेवासहित उपकरणहरुमा समेत आफुहरुले सहयोग गरिरहेकाले भवनको काम सकिएपछि देशभरकै उत्कृष्ट अस्पताल बनाउने गरेर काम गर्न गुल्मी अस्पताल प्रशासनलाई प्रमुख पन्थीले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो सपना गुल्मी अस्पताललाई देशकै नमुना बनाउने छ । अस्पतालमा १० जना विशेषज्ञ ल्याउछौँ ढुक्क भएर नागरिकलाइै सेवा प्रदान गर्नुहोस् ।”

गुल्मी अस्पतालमा कार्यरत आन्तरिक चिकित्सा विशेषज्ञ डा. विभव बस्याल, डा. अर्जुन केसी, डा. सुरेन्द्र क्षेत्री, हाडजोर्नी विशेषज्ञ डा. प्रदिप शिवाकोटी, स्त्रीरोग विशेषज्ञ डा. सोफिया थापा र बाल रोग विशेषज्ञ प्राज्ञ शाक्यलाई नेपाल सरकारको तलब सुविधा बराबरको प्रोत्साहन रकम प्रदान गर्ने सम्झौता गरिएको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिनुभयो । यसअघि हाडजोर्नी विशेषज्ञ डा. शिवाकोटीले नगरपालिकाबाट प्रोत्साहन रकम पाउँदै आउनु भएको थियो ।

रेसुङ्गा नगरपालिकाकै सहयोग र समन्वयमा गुल्मी अस्पतालमा मिर्गौलाको डायलाइसिस सेवालाई प्रभावकारी बन्दै गएको छ । रेसुङ्गा नगरपालिकाले डेढ वर्षदेखि मेसिनहरु उपलब्ध गराएर मिर्गौलाको डायलाइसिस सेवा सञ्चालन गरिरहेको छ । १९ जनाले पाइरहेको सेवालाई आवश्यकता र प्रभावकारिता हेरेर बढाउन केहि समयअघि तीनवटा मिर्गौलाको डायलाइसिस मेसिन थप गरिएको गुल्मी अस्पतालका मेडिकल सुपरिटेडेण्ट डा. विभव बस्यालले जानकारी दिनुभयो ।

अब ४० जनालाई सेवा प्रदान गर्न सकिने लक्ष्य अस्पतालको रहेको छ । नयाँ भवन निर्माण नहुँदा गुल्मी अस्पताल पुरानो जीर्ण भवनबाटै सञ्चालन भइरहेको छ । अहिले अस्पताललाई संरचनागत ठुलो समस्या रहेको छ । पूर्वाधारको कमीका कारण एकै कोठामा धेरै चिकित्सकहरु बसेर काम गर्नुपर्ने, उपकरणहरुको व्यवस्थापन र सेवाग्राहीहरुलाई समेत सास्ती भइरहेको गुल्मी अस्पतालका मेडिकल सुपरिटेडेण्ट डा. बस्यालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल