alliance khabar

सोमबार, भाद्र ०९, २०८२

काठमाडौं, भदौ ९ गते ।

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र सामाजिक सेवा प्रभागबाट आयोजना गरिएको बृहत रक्तदान कार्यक्रमअन्तर्गत करिब १२ हजार पिन्ट रगत संकलन भएको छ । भदौ ६ देखि ९ गतेसम्म आयोजना गरिएको रक्तदान कार्यक्रममा ११ हजार नौंसय १६ पिन्ट रगत संकलन गरिएको हो ।

दादी प्रकाशमणीजीको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा काठमाडौं उपत्यका लगायत १५ जिल्लामा रत्तmदान कार्यक्रमको आयोजना गरिएको थियो ।

नेपालमा बिरामीहरुका लागि रगतको अभाव भइरहेका बेला ब्रम्हाकुमारीले बृहत अभियान सञ्चालन गरेर रगत संकलन गरेको सेवा केन्द्रले विज्ञप्तिमार्फत जानकारी दिएको छ । विज्ञप्तिअनुसार काठमाडौं उपत्यकामा सबैभन्दा बढी चार हजार चारसय ४५ पिन्ट रगत संकलन भएको छ । त्यस्तै विराटनगरमा दुई हजार आठसय ३० पिन्ट, नारायणगढमा ९७० पिन्ट, पोखरामा ५६४ पिन्ट, नेपालगञ्जमा ५६२ पिन्ट रगत संकलन गरिएको छ ।

त्यस्तै, बुटवलमा ५५३ पिन्ट, वीरगञ्जमा ५४२ पिन्ट, जनकपुरमा ३५४ पिन्ट, दाङमा २८३ पिन्ट सगत संकलन गरिएको केन्द्रका उपाध्यक्ष रामसिंह ऐरले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल