alliance khabar

बुधबार, भाद्र ०४, २०८२

काठमाडौं, ३ भाद्र ०३ गते।

१९ औं राष्ट्रिय सूचना दिवशको अवसरमा विभिन्न नागरिक समाज संस्थाहरुको सहभागितामा माईतीघर मण्डालामा सूचनाको हक संरक्षणका लागि सडक सभाको आयोजना भयाे।

सूचनाको हकका लागि राष्ट्रिय महासंघले संयोजन गरेको सडक सभामा सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमीद बागचन्दले स्वागत गर्दै सूचनाको हकका सवालमा श्रृजना भएको अवस्थाका कारण राष्ट्रिय दिवशका दिन सडक सभा गर्नु परेको बताउनु भयो ।
गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईले सूचनाको हकमा आफ्नो प्रतिवद्धता व्यक्त गर्दै सूचना पाउनु नागरिकको मौलिक हक हो यसलाई कुन्ठीत गर्न नहुने बताउनुभयो ।
नेपाल पत्रकार महासंघको उपाध्यक्ष नितु पण्डितले पत्रकार महासंघ सधै सूचनाको हकको पक्षमा रहेको र नागरिकले यसको भरपुर उपयोग गर्न पाउनुपर्ने बताउँदै महासंघ यसप्रति सधैं झैँ प्रतिवद्ध रहेको बताउनुभयो ।

मानवअधिकारवादी चरण प्रसाईंले भर्खरै सरकारले नियूक्त गरेको सत्य निरुपण तथा वेपत्ता छानविन आयोगको पधाधिकारी नियूक्तीमा सूचना माग गर्दा सूचना नपाएको प्रसंग उठाउँदै सूचनाको हक नागरिको मौलिक हक भएको र यसको संरक्षण गर्न नागरिक समाज सधैं सजग रहनुपर्ने भन्दै यसप्रतिको आफ्नो प्रतिवद्धता जनाउनुभयो ।

सूचनाको हकका अभियान्ता तारानाथ दाहालले सूचनाको हक सम्बन्धी ऐन आएको १८ बर्ष भइसक्दा पनि यसको संरक्षणको लागि नागरिक समाज यसरी सडकमा आउन पर्नु विडम्बना भएको बताउँदै सम्बन्धित निकायलाई सधैं खवरदारी गरिराख्न नागरिक समाज तयार सहनुपर्ने बताउनु भयो ।

नेपाल बारको अध्यक्ष डा. विजय प्रसाद मिश्रले सूचनाको हक सम्बन्धी ऐन जारी गर्न नेपाल सरकारलाई सम्मानित सर्वोच्च अदालतले आदेश दिएको प्रसंग उल्लेख गर्दै यसको संरक्षणमा सबै लाग्नुपर्ने बताउनुभयो ।

नागरिक समाजका अगुवा तथा मानव अधिकार तथा शान्ति समाजका संस्थापक कृष्ण पहाडीले सरकार संधै सूचना लुकाउन प्रयत्न गरिरेहेको बताउँदै मन्त्रीहरुको समेत सम्पति विवरण सार्वजनिक नहुनु दुखद भएको बताउनुभयो । उहाँले सूचनाको हक नागरिकको मानवाधिकार भएकोले यसको संरक्षण लोकतान्त्रिक शासनमा अनिवार्य भएको बताउनुभयो । राज्यको कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका प्रति नागरिको भरोसा टुटेको तर नागरिक सामाज पनि कता हरायो भनेर प्रश्न गर्नुभयो । हामी प्रेस स्वतन्त्रताको लागि सधै लागिपरेको भन्दै पत्रकारहरुले पनि यस प्रति चासो र चिन्ता गर्नुपर्ने उहाँको सुझाव थियो ।

बरिष्ठ कानुन व्यावसायी दिनेश त्रिपाठीले सूचनाको हकलाई लोकतन्त्रको मुटु र आत्मा हो भन्दै सरकार यस प्रति प्रतिवद्ध नरहेकोले नागरिकले यसको भरपुर फाइदा लिन नसकेको बताउनुभयो । कार्यक्रममा समाजका लब्ध प्रतिपिठत व्यक्ति र करिव तीन दर्जन जति संघ र महासंघको संयूक्त आयोजनामा भएको थियो । ट्रान्स्परेन्सी इन्टरनेशनल, अनौपचारिक क्षेत्रसेवा केन्द्र ईन्सेक लगाएतका संस्थाहरुले भाग लिएका थिए । कार्यक्रमा संचालन महासंघको बरिष्ठ उपाध्यक्ष श्री तारा बहादुर भन्डारीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल