alliance khabar

आइतबार, साउन २५, २०८२

कुश्मा  (पर्वत),  साउन २५ गते ।

पर्वत जिल्लाको कालीगण्डकी तटीय क्षेत्रमा उच्च जोखिमयुक्त रसायनको कालो पोखरी बनाइएको छ । जिल्लाको कुश्मानगरपालिका– ५ जलकेनीमा सञ्चालनमा रहेको छिपु बायोटेक्नोलोजी कम्पनीले चुत्रो र गुजरगानो प्रशोधनमा प्रयोग गरी फालिएको सल्फाइड युक्त अम्लले पोखरी बनेको हो ।

चाइनीज हर्वल उद्योगले गैरहकाष्ठ जन्य पदार्थमा पर्ने चुत्रोको जरा, हाँगा र डाँठ साथै गुज्रोगानोलाई प्रशोधन गरी आयुर्वेदिक औषधीको कच्चा पदार्थ उत्पादन गरी विदेश निर्यात गर्ने गरेको छ । करीव आठ करोड लगानीमा सञ्चालनमा ल्याइएको उद्योगले वातावरण संरक्षण ऐन, २०७६ अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन गरिनुपर्ने भए पनि अहिलेसम्म गरेको छैन । छिपु कम्पनीका व्यवस्थापक तथा सूचना अधिकारी हरिकुमार श्रेष्ठले वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रियामा रहेको बताउनुहुन्छ ।

कुश्मानगरपालिका कार्यालय राजस्व शाखाकी कर्मचारी विन्दु शर्माका अनुसार नगरपालिकामा कम्पनी दर्ताका बेला छिपु कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बुझाएको छैन । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन नबुझाएकै कारण कम्पनी दर्ता गरिदा पूँजी वृद्धि नगरिएको नगरपालिकाकी कर्मचारी शर्माको भनाइ छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन नै तयार नपारी गत आर्थिक वर्षको पुष महिनादेखि सञ्चालनमा ल्याइएको कम्पनीले दैनिक २० टन जडीबुटी प्रशोधन गर्ने क्षमता राख्दछ । कम्पनीका सूचना अधिकारी श्रेष्ठका अनुसार उद्योगसम्म ल्याइएको जरा, हाँगा र डाँठलाई नुन, पानी र सल्फाइड युक्त अम्लमा कच्चा पदार्थमा केही दिन मिश्रण गरी भिजाउने, निकाल्ने र सुकाएपछि धूलो बनाएर प्याक गरी निकासी गरिन्छ ।

हर्वल प्रशोधनमा प्रयोग गरिने सल्फाइड एसिड नामक पदार्थ वातावरणका लागि निकै खतरनाक हुने बताइन्छ । जानकारका अनुसार यो एसिडले पानी, माटो र हावाको गुणस्तरमा दीर्घकालीन क्षति पुराउने, वनस्पति र जीवजन्तुमा असर पुराउने साथै प्रदूषण फैलिदा ठूलो क्षेत्र प्रभावित हुने गर्दछ । छिपु कम्पनीका सूूचना अधिकारी श्रेष्ठले रसायन मात्रै नभई वर्षातको पानीका कारण पोखरी बनेको दाबी गर्नुभयो ।

कालीगण्डकी नदी किनारमा बनेको रसायनयुक्त पोखरीका कारण पानीको पिएच निकै घटाउने हुँदा जलीय जीव जस्तो माछा मर्न सक्छन् भने नदी समेत प्रदुषणको खतरामा छ । यो एसिडले मानव स्वास्थ्यमा समेत गम्भीर क्षति जस्तो छालामा जलन, आँखामा गम्भीर क्षति, सास फेर्दा घाँटी र फोक्सोमा क्षति पुर्याउन सक्छ ।

डिभिजन वन कार्यालय पर्वतका अधिकृत राजेश पोख्रेलका अनुसार वन पैदावर निकासी पुर्जी लिने बेला दिइएको जानकारी अनुसार छिपु कम्पनीले प्रारम्भदेखि अहिलेसम्म ४० हजार केजी प्रशोधित हर्वल धूलो उत्पादन गरिसकेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल