alliance khabar

शनिबार, साउन १०, २०८२

अछाम, साउन १० गते ।

अछामको कमलबजारमा हावाबाट निकालिएको विजुली उत्पादन बन्द भएको छ । हावाबाट पङ्खालाई घुमाएर टर्वाईनको माध्यमले ब्याट्री चार्ज भई विजुली निकालिँदै आएकोमा टर्वाईन लगायत अन्य पार्टमा समस्या देखिएपछि विजुली उत्पादन बन्द भएको हो ।

कमलबजारमा हावाबाट विजुली निकालेर गाउँलाई उज्यालो बनाइएको थियो । एउटा टर्वाईनमा देखिएको समस्याले विगत केही वर्षदेखि हावाबाट विजुली उत्पादन बन्द भएको छ । कमलबजारमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, कमलबजार नगरपालिका र स्थानीयको श्रमदान गरी करिब दुई करोड लागतमा हावाबाट विजुली निकाल्ने परियोजनाको काम सुरु भएको थियो । १५ किलोवाट क्षमता हावाबाट र १५ किलोवाट विद्युत सोलारबाट गरी जम्मा ३० किलोवाट क्षमताको विद्युत उत्पादन भएको थियो ।

नगरप्रमुख यज्ञ प्रसाद ढकालका अनुसार बजार क्षेत्रका दुई सय घरधुरीले हावाबाट निकालिएको विजुली बाल्न पाएका थिए । करिब पाँच हजार जनसङ्ख्या लाभाविन्त भएका थिए । हाल उक्त परियोजना बन्द भएको छ । ढकालले त्यसको मर्मतका लागि वैकल्पिक उर्जा प्रवर्धन केन्द्रमा पत्र पठाइएको बताउनुभयो । उहाँले वैकल्पिक उर्जा प्रवर्धन केन्द्रले प्रदेशमा पठाएको र सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाएको बताउनुभयो ।

ढकालले भन्नुभयो, ‘मैले त्यहाँको सचिवलाई भेटेँ हामी कार्यक्रममा राखि दिन्छौँ भन्नुभयो तर कार्यक्रममा पनि राख्नु भएन, अब हामीले पालिकाबाटै गर्न सके पछि हो नभए बाहिरबाट होला जस्तो छैन ।’’ उहाँले भन्नुभयो, ‘‘म अहिले काठमाडौँ आएको छु, वैकल्पिक उर्जा केन्द्रमा गएर बुझ्छु, कोसिस गर्छु, भएन भने पालिकाबाट मर्मत गछौँ ।’’ उहाँका अनुसार उक्त विजुली मर्मत गर्नका लागि २१ लाख बराबरको लागत स्टमेट बनेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडक बहादुर बिष्टका अनुसार मर्मतका लागि वैकल्पिक उर्जा प्रवर्धन केन्द्रमा पहल भइरहेको छ । २०७४÷०७५ तिर यसको निर्माण भएको हो । यसमा वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको अनुदान र नगरपालिकाबाट पनि २० लाख रुपियाँ बजेट लागत सहयोग भएको थियो । बिष्टले भन्नुभयो, ‘‘तत्कालीन अवस्थामा यहाँ केन्द्रीय विद्युत प्रशारण लाइन थिएन । एक दुई वर्षसम्म करिब तीन सय घरधुरीको लागि विद्युत सेवा उपलब्ध गराइएको थियो । जम्मा १५ किलोवाटको हावाबाट र १५ किलोवाटका सोलार इनर्जीसँगै जोडेर त्यसको क्षमता ३० किलोवाट रहेको थियो ।’’

बिष्टका अनुसार त्यसको एक दुई पार्टमा समस्या छ, जुन सामग्री चाहिने हो त्यो सामग्री नेपालमा सजिलै पाइँदैन ।

‘‘अघिल्लो वर्ष पनि यसको मर्मतका लागि प्रयास गरिएको हो । त्यो सामग्री चाइना वा अन्य कतैबाट ल्याउनुपर्दो रहेछ । त्यो सम्भावना भएन । यो वर्ष हामीले यसको स्टिमेट सहित पठाएका छौँ । त्यसलाई वैकल्पिक रुपमा नगरपालिकाको कार्यालय, यहाँको प्रहरी, कार्यालय, अस्पताल, बैंक र खानेपानी गरी पाँचवटा कार्यालयको लागि प्रसारण लाइन दिने र बत्ति नभएको अवस्थामा पनि त्यसले काम गर्ने योजनाका साथ अगाडि बढेका छौँ ।’’ बिष्टले भन्नुभयो, ‘‘नगर प्रमुख ज्यूले त्यसको पहल गरि रहनु भएको छ । हामीले वैकल्पिक उर्जा प्रवर्धन केन्द्रमा यसको इस्टिमेटसहित विवरण माग गरेको छौँ ।’’

तत्कालीन समयमा कमलबजारमा हावाबाट विजुली निकलिए पछि बजारको चहलपहल बढेको स्थानीय निर्पबहादुर बोहराले बताउनुभयो । हावाबाट विजुली निकालेको भन्दै दैनिक सयौंको सङ्ख्यामा स्थानीयहरु हेर्न आउँथे । बोहराले भन्नुभयो, ‘‘केही समय हावाबाट उत्पादन भएको विजुलीले झिलिमिली पनि भएको थियो, त्यस पछि एकाएक बन्द भयो । पहिले सबैले चाँसो दिन्थे सबै कुरा हुन्थ्यो अहिले बत्ति आइसकेभन्दा पछाडि त्यसलाई चासोको विषयमा कसैले लिएनन् । त्यहि भएर थप्प थप्प भयो । अब यसको मर्मत सम्भार गरेर सुचारु गरिनु पर्छ ।’’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल